लाहान  ।  सरकारसँग भएको ११ बुँदे सहमतिपछि स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक राष्ट्रिय गान बजाएर सुरु भएको छ ।

डा. सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा आजबाट सुरु भएको हो । बैठक ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली… ’ बोलको राष्ट्रिय गान बजाएर सुरु भएको होे ।

रातो साडीचोलोमा सजिएका पञ्चकन्याले बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गानका थिए । स्वतन्त्र मधेस गठबन्धनमा राष्ट्रिय गान बजाइएको यो पहिलो घटना हो ।

सरकारसँग भएको ११ बुँदे सहमतिपछि राष्ट्रिय परिषदको यो पहिलो बैठक हो । बैठकमा नेपाली नागरिकता लिएर आउनेलाई मात्रै उनीहरुको पहिचान हेरेर भित्र प्रवेश गराइएको छ ।

बैठक वरिपरी सुरक्षा व्यवस्था कडा पारिएसँगै मोबाइल पनि बैठकमा लान बन्देज गराईएको छ । सिके राउत नेतृत्वको यो गोप्य बैठकमा प्रहरी र पत्रकारलाई पनि निषेध गरिएको छ ।

लाहान नगरपालिका–७ स्थित माड्वारी सेवा सदनमा ११ बजेबाट शुरु भएको बैठक राष्ट्रगानपछि संयोजक राउतले दिप प्रजल्वन गर्दै राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया