उदयपुर  । तराई भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा उदयपुरमा ‘राजा आउँ देश बचाउँ’को नारा उनका समर्थकहरुले लगाएका थिए । शनिबार उदयपुर सदरमुकाम गाईघाट स्थित राधाकृष्ण मन्दिरमा पूजापाठका लागि आएको अवस्था यस्तो नारा उनका समर्थकहरुले लगाएका हुन् ।
राजाका समर्थकहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो लगायतका नारा लगाएका थिए । सर्वसाधारणको भिडले राजालाई स्वागतमा भ्याई नभ्याई थिए ।
धार्मिक भ्रमणको क्रममा शाहले गाईघाटको बोक्सेमा रहेका गणेश मन्दिर, शिव जलधार, सूर्य, र राधाकृष्ण मन्दिरमा पूजापाठ गरेका छन् । राजाले शाहले राधामाधव समितिको भवनको पनि अवलोकन गरेका थिए । राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्वराजा शाहले पूजाअर्चना गरेका हुन् ।
राधाकृष्ण मन्दिर परिषरमा पुजा अर्चना पछि ऊँ शान्तिले पूर्व राजा शाहलाई इश्वरीय सौगात प्रदान गरेको थियो, त्यसैगरी त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र बेल्टार उद्योग वाणिज्य संघले संस्थागत भेटघाट गरेको थियो । संस्थागत भेटघाटपछि पूर्व मन्त्री हरीबहादुर बस्नेत, भरतबहादुर राउत, धुब्र रायमाझिले ब्यक्तिगत भेटघाट गरेको आयोजक धुब्र रायमाझिले जानकारी दिए ।
मुलुकमा राजतन्त्र सहितको हिन्दु अधिराज्यको चर्को आवाज उठिरहेको बेला पूर्व राजा शाहको मध्य तराई क्षेत्रहरूमा भई रहेको भ्रमणलाई महोत्वका साथ हेरिएको छ । राधाकृष्ण मन्दिर परिषरमा सञ्चारकर्मिले राखेको प्रश्नमा पूर्व राजा शाहले आफु नितान्त ब्यक्तिगत धार्मिक भ्रमणमा आएकाले नबोल्ने जानकारी दिए । राजा उदयपुरमा करिव २ घण्टासम्म रहेर जनकपुर फर्किएका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया