काठमाडौं । ०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ । सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।
०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५मा कौटौती गरेको थियो । तर, विभिन्न जाति, समुदायले सार्वजनिक विदा कटौतिको विरोध गर्दै सरकालाई ज्ञापनपत्र बुझाएका थिए , सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलोकन कार्यदल नै गठन गरेको थियो । तर, कार्यदलको सिफारिससमेत अस्वीकार गर्दै सरकारले अघिल्लो वर्षको विदा कटौती कायम गरको छ । कार्यदलले १२ वटा बिदा थप्न गत पुसमा सिफारिस गरेको थियो ।
राष्ट्रिय बिदा हुने दिन
-नयाँ वर्ष १ वैशाख
-मजदुर दिवस : वैशाख १८
-बुद्धजयन्ती :४ जेष्ठ
-संविधान दिवस :३ असोज
-दसैँ : १८–२२
-तिहार १०–१२ कात्तिक
-शिवरात्रि : ९ फागुन
-होली : २६ फागनु पहाड, मधेस २७
-महिला दिवस : २८ फागुन

तपाईको प्रतिक्रिया