निर्माण व्यावसायी संघको अध्यक्षमा रासलाल राय निर्वाचित

निर्माण व्यावसायी संघको अध्यक्षमा रासलाल राय निर्वाचित
राजेन्द्र महतो लहान । निर्माण व्यावसायी संघ लहान सिरहाको अध्यक्षमा रासलाल राय निर्वाचित भएका छन् । शनिवार सम्पन्न मतगणना परिणाम अनुसार नेकपा समर्थित इस्लाम अलिलाई रायले ४९ मतले पराजित गरेको हुन् । संघमा राय प्यानलका उपाध्यक्षमा गोपाल राय, महासचिवमा नन्द किशोर साह (मन्टुन), कोषाध्यक्षमा श्याम कुमार महतो र एक सदस्य निर्वाचित भएका छन। ३ सय ३१ मतदाता रहेको निर्माण व्यवसायी संघको निर्वाचनमा नेकपाको...

सिरहामा छुट्टाछुट्टै आगलागीबाट लाखौको धनमाल जलेर नष्ट

सिरहामा छुट्टाछुट्टै आगलागीबाट लाखौको धनमाल जलेर नष्ट
राजेन्द्र महतो, लहान ।  सिरहा को लक्ष्मिपुरपतारी गाउँपालिका १पिप्रा शनिवार भएको आगलागीबाट लाखौ मूल्य बरावरको धनमाल जलेर नष्ट भएको छ । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका १ पिप्रा वस्ने शत्रुधन झाको फुसको घरमा अचानक आगलगी भएको हो । झाको घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा करिव ४ लाख ४० हजार ५ सय बरावरको क्षति भएको छ । सोही आगोबाट निजको छिमेकी शिबनारायण...

माैसम अझै तीन दिन नखुल्ने : सचेत रहन मौसम विद्हरुको अपिल !

माैसम अझै तीन दिन नखुल्ने : सचेत रहन मौसम विद्हरुको अपिल !
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भु–भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको सम्भावना देखिएको छ । त्यसै गरि आज राति देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी र मध्य भू–भागका थोरै स्थानमा र पश्चिमि भु–भागका १–२ स्थानहरुमा मेघ गर्जनका साथ वर्षाको सम्भावना ...

त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको निवेदन २५ हजार पुग्ने अनुमान

त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको निवेदन २५ हजार पुग्ने अनुमान
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको एक तथ्यंकले देखाएको छ । नगरपालिकाले अव्यवस्थिततवरले ऐलानी जमिनमा बसोबास गर्नेलाई व्यवस्थापन गर्नको लागि आव्हान गरेको आवेदन एक महिनामै १८ हजार ४ सय २२ वटा निवेदन दर्ता भएपछि ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको खुल्न आएको छ । नगरपालिका राजश्व शाखा प्रमुख गुरु ढकालले एक महिना भित्र यति धेरै निवेदन ...

उदयपुरको रमाइलो डाँडाबासी खानेपानीको अभावले गाउँ छाड्दै, छटपटाउदै चनौटे गाउँले (फोटो फिचर)

उदयपुरको रमाइलो डाँडाबासी खानेपानीको अभावले गाउँ छाड्दै, छटपटाउदै चनौटे गाउँले (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । खानेपानीको चरम अभावका कारण कटारी नगरपालिका १४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु डाँडा, भदौरे र रामागाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् । खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् । रमाइलो डाँडाका ११ घर मध्ये चार घर दलित घरपरिबार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् । लेखानीको रमाइलो डाँडाका फु...

पत्रकारलाई फोहर मःमः, चम्चा र काँटा (फोटो सहित)

पत्रकारलाई फोहर मःमः, चम्चा र काँटा (फोटो सहित)
उदयपुर । जिल्लाका ‘राम्रा’ भनिएका मुंगेरिया स्वीट एण्ड चाट हाउसका भान्सामा फोहर र बालश्रमिक रहेको पाइएको छ । बुधबार त्रियुगा नगरपालिका ११ स्थित मुंगेरिया स्वीटस एण्ड चाट हाउसका भान्सा फोहर र बालश्रमिक रहेको पाईएको थियो । रेडियो नेपालका उदयपुर सम्वाददाता तथा स्थानीय पत्रकार निगरानी अनलाइन संचालक गजेन्द्र राई र जनता टेलिभिजनका पत्रकार तथा नागरिक बहस अनलाइन संचालक सुखिलाल चौधरीले नाम चलेको मुंगेरिय...

त्रियुगा नगरपालिकाद्वारा एलानी जग्गाको विवरण पेश गर्ने म्याद थप

त्रियुगा नगरपालिकाद्वारा एलानी जग्गाको विवरण पेश गर्ने म्याद थप
उदयपुर । त्रियुगा नगरपालिका उदयपुुरले एलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण पेश गर्ने म्याद थप गरेको सूचनामार्फत जानकारी गराएको छ । एलानी जग्गाको विवरण संकलन तथा अभिलेखिकरण पेश गर्न नगरपालिकाको कार्यसमितिको चैत्र १७ गते बसेको बैठकको निर्णयले चैत्र मसान्तसम्म म्याद थप गरिएको हो । नगरपालिकाभित्र विगत लामो समयदेखि वन क्षेत्र बाहेक एलानी, प्रति जग्गामा घर निर्माण तथा जग्गा जोतभोग गरी बसोबास गरिरहे...

त्रियुगा नगरपालिकामा औधोगिक ग्रामको शिलान्यास (फोटो फिचर)

त्रियुगा नगरपालिकामा औधोगिक ग्रामको शिलान्यास (फोटो फिचर)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुरमा औद्योगिक ग्राम निर्माणको मंगलवार शिल्यान्यास गरिएको छ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले एक समारोहका बिच बिसनपुरको ६८ बिगाहा क्षेत्रफलमा औधोगिक ग्राम, कृषि अनुसन्धान केन्द्र, फोहोर ब्यवस्थापन तथा उर्जा उत्पादन एक साथ शिल्यन्यास गरेका हुन् । सो नवनिर्मित औद्योगिक ग्राममा अस्पताल, बिद्यालय, खेल मैदान, खानेपानी सहितको संरचना निर्मा...

उदयपुरका दुई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले हावाहुरी पीडितलाई एक दिनको भत्ता र तलव दिने

उदयपुरका दुई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले हावाहुरी पीडितलाई एक दिनको भत्ता र तलव दिने
उदयपुर । बारा र पर्साका हावाहुरी पीडितलाई उदयपुरका दुई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलव सहयोग घोषणा गरेका छन । गएको आईबार आएको हावाहुरीले घरवार विहिन भएका बारा र पर्साका सर्वसाधरण एक दिनको तलव सहयोग गर्ने घोषणा गरेका हुन । त्रियुगा नगरपालिकाले औधोगिक ग्राम, फोहर व्यवस्थापन तथा उर्जा उत्पादन र कृषि केन्द्र निर्माणको शिलान्यास कार्यक्रममा मेयर बलदेव चौधरीले हाबाहुरी पीडितलाई जनप्...

हावाहुरीमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, मृतक परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय

हावाहुरीमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, मृतक परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय
बारा । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५ सय भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । आइतबार राति हावाहुण्डरीबाट बारा, पर्स...