उदयपुरमा चट्याङले घर ध्वस्त, दुई घाइते
उदयपुर । उदयपुरमा शनिबार हावापानीसँगै परेको चट्याङले घर र गोठ जलेर ध्वस्त भएको छ । बेलका नगरपालिका ५ मितेरी गाउँ पोखरेको आठमाया राईको घरमा परेको चट्याङले घरमा आगलागी हुँदा ध्वस्त भएको हो ।
चट्याङले आठमाया राईकी ६ वर्षिय नातिनी निर्मिता राई र ६ महिने नातिनी प्रतिक्षा राई समेत घाइते भएका छन् । उनीहरुको सामान्य उपचार घरमै उपचार भएको थियो । निर्मिताको डाँडमा आगोले पोलेको छ ।
यस्तै चट्याङले आगलागी हु...













