राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मार्च पासमा सलामी लिनु वा दिनु पर्ने कुनै नियम नै छैन् ।
उदयपुर । अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ ।
एकपछि अर्को तस्वीर सामाजिक सञ्जालमा छाएका छन, जसमध्ये उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा (स्वस्ति...












