उदयपुर । उदयपुरमा गत असार ४ गते एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेर फरार आरोपी शनिबार पक्राउ परेको छ । जबरजस्ती करणी गरेर फरार त्रियुगा नगरपालिका ११ संगम टोलका २० वर्षिय संजय राउतलाई यसै नगरपालिका ८ बोके ढिकबाट प्रहरीले पक्राउ गरेको छ ।
अर्का १५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा उदयपुरगढी गाउँपालिका ५ मौवासेका ६१ वर्षीय कृष्णबहादुर दर्जीलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए ।
बालिकालाई जबरजस्ती करणी गरी फरार भएर छुकीछिपी बस्दै आएको आरोपीलाई विशेष सूचनााका आधारमा पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।









