उदयपुर । महिलालाई गोली हानी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १९ वर्षपछि शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक पिप्रा पश्चिम गाविस ९ हाल सुरुङ्गा नगरपालिका १ खारखोलाका ६० वर्षका प्रेमबहादुर खुलाल मगर रहेका छन् ।
२०५७ मंसिर २१ गते उदयपुरको साबिक त्रियुगा नगरपालिका वडा नं–९ खारखोलास्थित जंगलमा घाँस काट्न गएकी सप्तरीकी ३५ वर्षीया किसनवती यादवको गोली हानी हत्या गरिएको थियो ।
हत्यापछि घटनास्थल नजिकै शवलाई जलाएर फरार भएकामध्ये प्रेमबहादुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय भेडिया सप्तरीसँग समन्वय गरी घरबाटै पक्राउ गरेको हो । सप्तरीको साबिक पश्चिकम पिप्रा पश्चिम वडा नं–९ का खड्गबहादुर मगरसमेत सिकार खेल्न गएका बेला उक्त घटना भएको थियो । घटनासँगै रहेका सोही ठाउँका प्रतिवादी खड्गबहादुर मगर हालसम्म फरार छन् । ।









