उदयपुर । उदयपुरमा मोटर साइकलले ठक्कर दिँदा सोमबार बेलुका ७ बजे एक वृद्धाको मृत्यु भएको छ । मोटर साइकलको ठक्करबाट त्रियुगा नगरपालिका ९ गैहरुनका ७० वर्षिय मनमाया श्रेष्ठको मृत्यु भएको छ ।
चुहाडेबाट गाईघाट आउँदै गरेको स.५प ३६३७ नम्बरको मोटरसाइकलले त्रियुगा नपा ९ गैहरुनमा श्रेष्ठलाई ठक्कर दिएर घाइते भएकी थिईन् । घाँसको भारी बोकेर सडक पार गर्ने क्रममा बृद्धालाई मोटरसाईकलले ठक्कर दिएको थियो । घाइते श्रेष्ठको त्रियुगा अस्पतालमा ल्याई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । । मोटर साइकल र चालक सोलुखुम्बु काकु घर भएका हाल त्रियुगा नगरपालिका ९ बस्ने अन्दाजी १७ वर्षिय महेश राईलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए । शव पोष्ट मार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया