वडा कार्यालयद्वारा शैक्षिक सामग्री वितरण

वडा कार्यालयद्वारा शैक्षिक सामग्री वितरण
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ७ ले बुधबार आफ्ना मातहतका सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । “छोरा र छोरीमा समानता, दाईजो होइन छोरीलाई क्षिक्षाको व्यवस्था” भन्ने नारा सहित शैक्षिक सामग्री वितरण गरेको हो । श्री पञ्चमी आधारभूत विद्यालयमा एक कार्यक्रमका विच वडाध्यक्ष तेजराज तिमल्सिनाको प्रमुख आथित्यतामा पुस्तक बोक्ने झोला, कपि कलम लगायतका श...

त्रियुगा उद्योग वाणिज्य संघ विवाद : अडिटरले अडिट नगरि फिर्ता गरे फाइलहरु

त्रियुगा उद्योग वाणिज्य संघ विवाद : अडिटरले अडिट नगरि फिर्ता गरे फाइलहरु
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले अटिरको रुपमा न्यूक्ति गरेको आइएम राउत एशोसियटस्का अडिटर इश्वरमणि राउतले आर्थिक वर्ष २०७७÷०७८ को अडिट नगरेर खातापाता फिर्ता गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अडिट आफुले नगर्ने भन्दै खातापात फिर्ता गरेका हुन् । अडिटर राउतले घुमाउरो पाराले त्रियुगा उद्योग वाणिज्य संघ भित्रको गन्जागोल आफुले बुझन नसकेर खातापाता फिर्ता गरेको जनाएको छ । उनले भ...

त्रियुगा उवा संघको आधा भन्दा बढी साधारण सदस्यको नाम हटेपछि असन्तुष्ट पक्षले प्रशासन गुहारे

त्रियुगा उवा संघको आधा भन्दा बढी साधारण सदस्यको नाम हटेपछि असन्तुष्ट पक्षले प्रशासन गुहारे
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको विवाद चरम उत्कर्षमा पुगेको छ । विधान विपरित २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहको बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्य समेत निलम्बन गरेपछि विवाद चुलिदै गएको हो । ०७८ वैशाख १५ सम्म संस्था दर्ता र नविकरण गर्नेको संख्या २ हजार ६ सय २६ जना व्यवसायी उद्योगी रहेको थियो । तर, रसाइली पक्षले आइत...

गाई बाख्रालाई रेविज विरुद्धको खोप

गाई बाख्रालाई रेविज विरुद्धको खोप
उदयपुर । उदयपुरमा गाई बाख्रालाई रेविज विरुद्धको खोप लगाएका छन् । उदयपुरगढी गाउँपालिका २ का तीन पशुपालक किसानको गाई, बाख्रा, बाछी र पाडीलाई कुकुरले टोकेपछि रेविज विरुद्धको खोप लगाई दिएका छन् ।उदयपुरगढी गाउँपालिका २ आलेडाँडाका पशुपालक किसान मदन आलेको गाई र दुहुना बाछीलाई गत शुक्रबार बहुला कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि आइतबार मात्रै गाई र दुहुना बाछीलाई रेविज विरुद्धको खोप लगाई दिइएको उदयपुरग...

कोरोना विरुद्धको खोप जिल्ला अस्पतालमा हप्तामा चार दिन लागाईने

कोरोना विरुद्धको खोप जिल्ला अस्पतालमा हप्तामा चार दिन लागाईने
उदयपुर । उदयपुरमा कोरोना विरुद्ध नियमित खोप संचालन गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले एक सूचना प्रकाशित गरि कोरोना भाईरस विरुद्धको खोप जिल्ला अस्पतालमा नियमित संचालन हुने जनाएको छ । आइतबार र बुधबार बाहेक खोप नलगाएका १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई जिल्ला अस्पतालमा अस्पतालमा भेरोसेल खोप लगाईने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, टेकु, काठमाडौंको समन्वयनमा हालस...

त्रियुगा नगरपालिका २ मा समाजवादीका ५१ सदस्यीय वडा कमिटी गठन

त्रियुगा नगरपालिका २ मा समाजवादीका ५१ सदस्यीय वडा कमिटी गठन
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संगठन विस्तारलाई तिव्रता दिइएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि स्थानीय तहदेखि वडा वडामा कार्यकर्ता भेलाको आयोजना गर्दै कमिटी विस्तारलाई निरन्तरता दिइएको छ । त्रियुगा नगरपालिका २ मा रामश्रेष्ठ चौधरीको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षम...

फोनिज उदयपुरको अध्यक्षमा ईश्वर बलम्पाकी मगर

फोनिज उदयपुरको अध्यक्षमा ईश्वर बलम्पाकी मगर
उदयपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुरको अध्यक्षमा ईश्वर बलम्पाकी मगर चयन भएका छन् । शुक्रबार सम्पन्न फोनिजको चौथो जिल्ला अधिवेशनले मगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा दुर्गानन्द चौधरी ‘डिएन’, सचिबमा बुद्धि चाम्लिङ, सहसचिबमा सम्झना तामाङ र कोषाध्यक्षमा बिक्रम राई चयन भएका छन् । यस्तै नयाँ कार्यसमितिको सदस्यहरुमा मनोज श्रेष...

उदयपुरमा लैंङ्गिक हिंसा विरुद्धको अभियान मनाई रहदा ११ वर्षिय बालिका बलात्कृत

उदयपुरमा लैंङ्गिक हिंसा विरुद्धको अभियान मनाई रहदा ११ वर्षिय बालिका बलात्कृत
उदयपुर । उदयपुरमा लैंङ्गिक हिंसा विरुद्धको अभियान मनाई रहँदा एक ११ वर्षिय बालिका बलात्कृत भएकी छिन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीबा...

प्राविधिक शिक्षा आजको आवश्कता : नेता चौधरी

प्राविधिक शिक्षा आजको आवश्कता : नेता चौधरी
उदयपुर । पुरातनवादी, बुर्जुवा शिक्षाकै कारण पछाडि परिरहेकाले नेपालमा प्राविधिक शिक्षा आजको आवश्यकता रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष बलदेव चौधरीले बताए । देश भरिका सम्र्पूण प्रगतिशिल, जनवादी तथा देशभक्त बिद्यार्थी एकजुट होओ भन्ने नाराका साथ नेकपा एस निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन उदयपुरको जिल्ला अधिवेशनको क्रममा...

उदयपुरमा मोटर साइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

उदयपुरमा मोटर साइकलको ठक्करबाट एक वृद्धाको मृत्यु
उदयपुर । उदयपुरमा मोटर साइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट पिजी चोकमा मंगलबार राति ८ बजे पैदल यात्री त्रियुगा नगरपालिका ११ बस्ने ७१ वर्षिय कर्ण सुन्दासलाई मोटर साइकलले ठक्कर दिँदा घाइते भएका थिए । बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको प्र १ –०५–००१ प ३५९२ नं.को मोटर साइकलले गाईघाट पिजी चोकमा ठक्कर दिएर घाइते भएका थिए । अनुहार, दाहिने हातमा चोट लागि घाई...