गाईघाट । नेपाल रेडक्रस सोसाईटीको विधान बमोजिम निर्वाचित पदाधिकारीलाई बखास्त गरी टिके प्रथाद्धारा संस्थाको नेतृत्व हत्याउने काँग्रेस नेता मदन कटुवाल अन्ततः चिसो पानीले नुहाउन बाध्य भएका छन । केन्द्रले जिल्ला समिति उदयपुर भङ्ग गर्ने निर्णय उच्च अदालत विराटनगरले उल्टाईदिए पछि पहुँचको बलमा आफ्नै सहकर्मीको घाँटी रेट्ने कटुवालको प्रयास असफल भएको हो ।
उच्च अदालत विराटनगरले मदन कटुवाल नेतृत्वको कार्यसमितिलाई काम गर्न रोक लगाउदै वर्तमान सभापति विनोद वस्नेतलाई नै निर्वाचित अवधीभर कामकाज गर्नका लागि अन्तरीम आदेश दिएको हो ।

न्ययाधिस सत्यमोहन जोशी थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजालासले नेपाल रेडक्रस सोसाईटीको विधान २०२० बमोजिम विनोद बस्नेत नेतृत्वको समितिको म्याद २०७८ फागुन ४ गते सम्म रहेकाले उक्त अवधी सम्म निर्वाचित पदमा कामकाज गर्न पाउने गरी अवरोध तथा वाधा नगर्न अन्तरिम आदेश दिएको रेडक्रस उदयपुरका मन्त्री सुवास श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठका अनुसार आफूहरु २०७४ साल चैत महिनामा ४ बर्षको लागि निर्वाचित भएको तर विधान विपरित रेडक्रस केन्द्रले निर्वाचित कार्यसमितिलाई वखास्त गर्ने काम गरेकोमा अदालतले अंकुस लगाएको छ ।

अब रेडक्रसका सभापति विनोद बस्नेतले नै निर्वाचन गराएर नेतृत्व हस्तान्तरण गर्न पाउने भएका छन । केही दिनमै हामी रेडक्रसको बैठक बसेर निर्वाचनको प्रक्रिया सुरु गर्ने गरी कार्ययोजना ल्याउने मन्त्री श्रेष्ठले बताए ।

पुस ५ गते भएको अदालतको आदेशमा न्यायधिसद्वय थारु र श्रेष्ठले २०७८ फागुन सम्म रेडक्रस केन्द्र र रेडक्रसका टिके सभापति मदन कटुवाल नेतृत्वको कार्यसमितिलाई कुनै पुरानो कार्यसमितिलाई वाधा अवरोध नगर्न भनेको छ ।

यसअघि न्यायधिस जगत नारायण प्रधानको एकल ईजालासले मंसिर १५ गते बुधबार रेडक्रस केन्द्रीय कार्यालय र मदन कटुवाल नेतृत्वको कार्यासमितिलाई काम काज नगर्न भनेर अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

रेडक्रस उदयपुरका अध्यक्ष विनोद बस्नेतले दायर गरेको उत्पे्रसण परमादेश प्रतिषेध रिटलाई न्ययाधिस प्रधानको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिदै न्यायधिस थारु र श्रेष्ठले फाुगुन सम्म अन्तरिम आदेश दिएका हुन ।

रेडक्रस सोसाईटी केन्द्रले कात्तिक २५ गते एक पत्र पठाई काग्रेस नेता मदन कटुवालको नेतृत्वमा नयाँ तदर्थ समिति गठन। गरेको थियो ।
काग्रेसको १४ औ महाधिवेशनमा सानदार रुपमा पराजित भएका कटुवाललाई अदालतको निर्णयले ठेस लागेको छ । बिदुर बस्नेत प्यालनबाट खुल्ला महाधिवेशन प्रतिनिधि समेत उठन डराएर खस आर्य कोटामा महाधिवेशन प्रतिनिधी उठेका कटुवालकै गलत सल्लाहको कारण विदुर बस्नेतले लज्जस्पद हार व्यहोर्नु परेको काग्रेस कार्यकर्ताको ठम्याई छ । हिमाल कार्कीलाई सभापतिमा रोक्नको लागि रेडक्रसमा विनोद बस्नेतलाई हटाउन लागि परेका जता मल्खु त्यतै ढल्कु गर्ने कटुवालको कारण उदयपुर रेडक्रस समेत विवादमा फसेको छ । सधै सत्ता र शक्तिको पक्षमा लागेर पद हत्याउन सफल कटुवालको मखुण्डो यसपटक उदयपुरका काग्रेसका कार्यकर्ताले मात्र होईन अदालतले पनि प्रष्टसँग उतारिदिएको छ ।

को को थिए ? नयाँ पदाधिकारीहरु

नेपाल रेडक्रस सोसाइटी केन्द्रले सभापतिमा मदनराज कटुवाल, उपसभापतिहरुमा राजकुमार ओझा, मणिकादेवी दुलाल र मन्त्रीमा महेश्वरी राईलाई ठाडो न्युक्ति दिएका थिए । यस्तै कोषाध्यक्षमा महेन्द्र राई, उपमन्त्रीमा सहदेव खडका र उप कोषाध्यक्षमा सुमन कुमार चौधरीलाई नियुक्त गरेर पठाएको थियो । त्यसैगरी सदस्यहरुमा विष्णु बहादुर मगर (मुरी), सम्झना राई, मिथिला खतिवडा, गीता खड्का कार्की, राजकुमार राई, अशोक श्रेष्ठ, चन्द्रमणी गुरागाई र सुरेन्द्र बस्नेत समेत १५ जनालाई ठाडो नियुक्ती दिएर पठाएको थियो ।

तपाईको प्रतिक्रिया