कटारी । कटारी ३ स्थित सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गको संगम स्थलमा बुद्धको मुर्ती स्थापना गरिने भएको छ ।
कटारी डाडाँ स्थित तिनकुने चोकमा कटारी नगरपालिकाको सहयोगमा बुद्धको मुर्ती स्थापना गर्न लागिएको हो ।
बिहिबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एक समारोह विच बुद्धको मुर्ति स्थापनाको लागि शिलान्यास गरेका छन । मुर्ती शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले सबै धर्मको संरक्षण गर्न तिनकुने चोकमा बुद्धको मुर्ती स्थापना गरिने प्रतिक्रिया दिए । कार्यक्रममा नगरपालिकाका सव ईन्जिनियर ओम मिश्र लगाएत बौद्ध धर्मालम्बि युवा युवतीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया