उदयपुरगढीमा दुई दिवसीय पशुपंक्षी पालन तथा रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न

उदयपुरगढीमा दुई दिवसीय पशुपंक्षी पालन तथा रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. १ मा दुई दिने व्यवसायी पशुपंछी पालन तथा पशुमा लाग्ने रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिका पशु पंक्षी विकास शाखाको आयोजनामा दुई दिने व्यवसायी पशुपंछी पालन तथा रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिममा १७ महिला र १३ पुरुष गरी ३० जनाको सक्रिय सहभागिता रहेको पशुपंक्षी विकास शाखा प्रमुख शेखर कार्कीले जानकारी दिए । उनका अन...

पौडी खेल्ने क्रममा बेपत्ता युवाको शव १० दिनपछि फेला

पौडी खेल्ने क्रममा बेपत्ता युवाको शव १० दिनपछि फेला
उदयपुर / उदयपुरको कटारी नगरपालिका–४ कटारी बजारका २७ वर्षीय रवीन तामाङको शव फेला परेको छ । सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका– १४ घुर्मी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । गत १५ माघमा सिन्धुलीको फिक्कल गाउँपालिका–४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खे...

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै
उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या ...

एक महिना भित्रमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने : परराष्ट्र मन्त्री खड्का

एक महिना भित्रमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने : परराष्ट्र मन्त्री खड्का
उदयपुर । एक महिना भित्रमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनु भएको छ । शनिबार गृह जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिकाको नयाँ प्रशासकिय भवन र १५ शैयाको आधारभुत अस्पातालको शिल्यानास गर्दै मन्त्री खड्काले यस्तो बताउनु भएको हो । कसैको दवावमा नभएर राज्यका ऐन नियम अनुसार तीनै तहको निर्वाचनको मिति घोषणा गर्ने सरकार तयार रहेको बताउनु भयो । निर्वाचनको बिषयमा स...

त्रियुगा उद्योग वाणिज्य संघको बैंकिङ कारोबार र संस्था नविकरण नगर्न अदालतको आदेश

त्रियुगा उद्योग वाणिज्य संघको  बैंकिङ कारोबार र संस्था नविकरण नगर्न अदालतको आदेश
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई विधान विपरित कारबाही गरेपछि संघको विवाद उत्कर्षमा पुगेको छ । त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, अध्यक्ष गजेन्द्र कुमार भगत र उपाध्यक्ष रमेश विश्वकर्मा विचको मुद्धा मामिलाले संघ चरम विवादमा परेको छ । संघको विरुद्ध अहिले पनि जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी आधा दर्जन बढी मुद्धाहरु विचारधिन अवस...

उदयपुरको लिम्चुङबुङमा हिमपात

उदयपुरको लिम्चुङबुङमा हिमपात
उदयपुर । लिम्चुङबुङ गाउँपालिका उदयपुरमा शुक्रबार हिमापात भएको छ । गाउँपालिकाको वडा नं. ३ नगरे, एभरेष्ट भ्यू–टप (दोबाटे) र माझखर्कमा हिउ परेको हो । हिउ परेपछि पालिका भरिनै अत्याधिक चिसो बढ्नुका साथै जनजीवन अस्तव्यस्त समेत बनेको गाउँपालिका अध्यक्ष मेजर कुमार राई बताए । तर, हिउ पर्नु प्राकृतिक प्रक्रिया र पर्यटनसँग प्रत्यक्ष जोडिने माध्यम पनि भएकाले पर्यटकले थप अतिरिक्त मनोरञ्जन लिने राईले विश...

बतासेका किसानलाई बाख्रापालन आम्दानीको राम्रो स्रोत बन्दै

बतासेका किसानलाई बाख्रापालन आम्दानीको राम्रो स्रोत बन्दै
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ बतासेका किषकहरु व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी गर्दै आएका छन । गाँउपालिकाले प्रधानमन्त्री आधुनिकरण परियोजना अन्तरगत बाख्रा पकेट कार्यक्रम संचालन गरेपछि उनीहरुको बाखा पालनबाट मनग्य आम्दानी लिन सफल भएका हुन । विगतमा निर्वाहमुखी बाख्रापालन गर्दै आएका उदयपुरको बतासे गाउँका कृषकहरु अहिले व्यवासायिक बनेका छन । बाबुबाजेका पालादेखि गर्दै आएक...

वन विनाश रोक्न एलपी ग्यासको सिलिण्डर र चुलो वितरण

वन विनाश रोक्न एलपी ग्यासको सिलिण्डर र चुलो वितरण
उदयपुर । दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास सिलिण्डर र चुलो वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै चौदण्डीगढी नगरपालिका ८ सालघारी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तालाई एलपी ग्यास सिलिण्डर वितरण गरिएको हो । सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ४ लाख खर्चेर ४३ घरधुरी उपभोक्तालाई एलपी ग्यासको सिलिण्डर वितरण ...

दुधौली नगरपालिकालाई मारुती सिमेण्टद्वारा एम्बुलेन्स प्रदान

दुधौली नगरपालिकालाई मारुती सिमेण्टद्वारा एम्बुलेन्स प्रदान
सिन्धुली । मारुती सिमेण्ट प्रा.लि.ले सिन्धुलीको दुधौली नगरपालिका १४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । ककुरठाकुर लगायत आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो । सोमबार दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका विच प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन...

चिसोबाट बच्न वडा कार्यालयद्वारा न्यानो कपडा वितरण

चिसोबाट बच्न वडा कार्यालयद्वारा न्यानो कपडा वितरण
उदयपुर । केही दिनयतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएसँगै त्रियुगा नगरपालिका वडा नं. १ ले न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक, दलित तथा एकल महिला गरी ९० जनालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको छ । जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई सम्मान स्वरुप एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको वडाध...