उदयपुर । एक महिना भित्रमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनु भएको छ । शनिबार गृह जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिकाको नयाँ प्रशासकिय भवन र १५ शैयाको आधारभुत अस्पातालको शिल्यानास गर्दै मन्त्री खड्काले यस्तो बताउनु भएको हो ।
कसैको दवावमा नभएर राज्यका ऐन नियम अनुसार तीनै तहको निर्वाचनको मिति घोषणा गर्ने सरकार तयार रहेको बताउनु भयो । निर्वाचनको बिषयमा सरकार र निर्वाचन आयोग बिच छलफल भइरहेको उहाँको भनाई रहेको थियो । सडकमा उफ्रेर हल्ला भरमा निर्वाचनको मिति घोषणा नहुने परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रष्ट पार्नु भयो ।
त्यस्तै मन्त्री खड्काले एमसिसीको बारेमा एमाले आफु सरकारमा हुँदा एमसीसी राष्ट्रको हितमा रहेको भन्दै संसदबाटै पारित गराउन लागि परेको तर प्रतिपक्षीमा आएपछि प्रतिपक्षको भुमिका निर्वाह गरेका हुन या अनाश्यक बिरोध गरेर दोहोरी चरित्र देखाएका हुन मन्त्री खड्काले आरोप लगाउनु भयो ।
उहाँले २०७४ साल भाद्र २९ गते माओवादी र कांग्रेस गठबन्धनको सरकार हुदाँ तत्कालित अर्थमन्त्रीले अमेरिकामा गएर एमसिसीको बिषयमा सम्झौता भएको बताउनु भयो । उहाँले नेपालको संसदबाट एमसिसी पास गर्ने नगर्ने भन्ने बिषयमा दलहरु विचमा वृहत छलफल भैरहेको बताउनु भयो ।
नेपाली कांग्रेस र वर्तमान गठबन्धन सरकार राष्ट्रको अखण्डताको पक्षमा सदैव रहदै आएकाले कोहि कसैले पनि राष्ट्रियता, देशको अखण्डता र सार्भभौमिकता प्रति संका गर्नु आवश्यक नरहेको बताउनु भयो । एमसिसी सबै दलको सहमतीमा मात्र पास हुने पनि उहाँले बताउनुभयो ।

नेकपा एमाले पार्टीको आफ्नै आन्तरिक मतभेतका कारण बहुमतको सरकारको नेतृत्वबाट बाहिरिनु परेको पिडा आफ्ना युवा विद्यार्थीहरुलाई परिचालन गरेर सडकमा नदेखाउन प्रदेश नं.१ का भौतिक तथा पूर्वधार मन्त्री तथा नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले आग्रह गर्नु भएको छ ।
गृह जिल्ला भ्रमणमा रहुनु भएका परराष्ट्र मन्त्री डा.नारायण खड्का प्रति लक्षित गर्दै एमाले सबद्ध युवा विद्यार्थीले गरेको उदण्ड शैलीमा कालो झण्डा प्रदर्शन गर्नु आफैमा खेदजन र अराजनैतिक कार्य भएको बताउनु भएको छ ।
चौदण्डिगढी नगरपालिकाको नयाँ प्रशासकिय भवन उदघाटनको क्रममा बोल्नु हुदै मन्त्री कार्कीले यस्तो कार्यबाट नेपाली कांग्रेसका नेता तथा मन्त्रीहरु कोहि पनि विचलित नहुने बताउनु भयो । ठूला ठूला राजनितक परिवर्तनकोलागी संघर्ष गरेका कांग्रेसी नेताहरुलाई यसता किसिमका गतितिविधिले कति पनि असर नपर्ने बताउनु भयो ।
गृह जिल्लामा विकासका कार्यक्रम अनुगमन साथै चिसोको समयमा बिद्यार्थीहरुमा न्यानो कपडा वितरण कार्यक्रममा आएका मन्त्रीलाई यस किसिमको अपमानजक व्यवाहारले कसैलाई पनि फाईदा नहुने मन्त्री कार्कीले बताउनु भयो ।
उहाँले कालो झण्डा हातमा लिएर हिड्नेहरुलाई कालो झण्डा फ्याकेर विकासबादी नेता डा. नारायण खड्काले सुरु गरेको विकासको अभियानमा सहभागी हुन आउनको लागि समेत आव्हान गर्नु भयो । उहाँले यस्ता अराजनैतिक गतिविधिलाई त्याग्नका लागि समेत आग्रह गर्नु भयो ।
यस्तै अपाङ्गता मैत्री, लिफ्ट सहितको करिव ६ करोडको लागतमा ३७ कोठे प्रशासनिक नवनिर्मित भवन रहेको मेयर खगेन्द्र राईले जानकारी दिए । उनले अवको दिनमा सम्पूर्ण प्रशासनिक काम सोही भवनबाट हुने बताउनुभयो ।
संघिय सरकारको स्वास्थ्य मन्त्रालयको सहयोगमा भ्याट र प्रोभिजनल सहित १२ करोड ४३ लाख ७७ हजारमा १५ शैययाको आधारभूत अस्पतालको पनि मन्त्री खड्काले उद्घाटन गरेको थियो । भवन निर्माणको जिम्मा ओम बुद्ध गल्वा चेनलिंक जेभीले २०८० जेष्ठ २५ गतेसम्म सक्ने गरी निर्माण थालेको मेयर राईले बताए ।
कालो झण्डा देखाउने ६ जना नेकपा एमालेका कार्यकर्ता पक्राउ पछि साँझ छोडिएको प्रहरीले जानकारी दिए ।









