उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट ५ वर्षिय बालक घाइते (फोटो फिचर)
उदयपुर । उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट एक बालक घाइते भएका छन । कटारी नगरपालिका २ स्थित कल्याणपुरमा बा.२ झ ९७६ नम्बरको स्कारपियो पिकअपले ठक्कर दिँदा ५ वर्षिय बालक गम्भिर घाइते भएका छन् ।
उर्जा मन्त्रालयका स्कारपियोको ठक्करबाट कल्याणपुरका स्थानीय बिनोद कुँवरको ५ बर्षीय छोरा किशन कुँवर घाइते भएका छन । बालकको दाहिने खुट्टाको तलको भागमा टायरले किचिएको इलाका प्रहरी कार्यालय कटारीका डिएस...













