सप्तरी । सप्तरीमाा एउटै गाउँमा १० घर जलेर नष्ट भएको छ । सुरुङा नगरपालिका ९ प्रमाणपुरमा शनिबार दिउँसो आग्लागी हुँदा १० घर जलेर नष्ट हुँदा करिब ३६ लाखको क्षति भएको छ ।
हावाहुरीसँगै प्रमाण्पुर गाउँका बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भोला मण्डल, भदै मण्डल, मनोज मण्डल, विद्या मण्डल, दशरथ मण्डल, शिवा मण्डल र अधिकलाल मण्डलको घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको धनमाल जलेको छ ।
आगलागीबाट नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको हो ।
इलाका प्रहरी कार्यालय कडबोनाले दिएको जानकारी अनुसार लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया