
उदयपुर । उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ गड्मय खोलाको जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषधसहित सिराहाको लाहान नगरपालिका ५ बस्ने १९ वर्षीय मुस्ताक मियाँ पक्राउ परेका छन् ।
आइतबार प्रहरी चौकी लालपत्ताबाट गस्तीमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गर्दा शंका लागेर चेकजाँच गर्दा मियाँ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । उनका अनुसार डाईजोलोपाम ३७ एम्पुल, लुपिजेसिक ३७ एम्पुल र फेनारागन ३७ एम्पुल बरामद गरेको छ ।
लागू औषध प्रयोग कर्ता तथा ओसार पसार गर्नेहरुले हाइवेमा प्रहरी चेकिङमा पर्ने डरले रुट परिवर्तन गरेको एक प्रहरीले जानकारी दिए । कदमाहा गाईघाट सडक खण्डमा कुनै पनि समय चेकिङ पर्ने डरले लागूऔषध प्रयोग कर्ता तथा ओसारपसारमा संलग्नहरुले रुट परिवर्तन गरेका हुन् ।









