उदयपुर  । उदयपुरमा तीन भिन्ना भिन्दै ठाँउमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ताप्ली ५, रौतामाई गाँपालिका २ र बेलका नगरपालिका ५ मा आगालागी हुँदा २३ लाखको क्षति भएको हो ।
उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार ताप्ली गाउँपालीका ५ राजदहका शारदकुमार भुजेलको घरमा आगोलागीबाट घर, मतान र घरमा रहेका अन्न पात, लत्ता कपडा, भाँडा वर्तन, नगद ८२ हजार र चाँदी १० तोला जल्दा जम्मा १४ लाखको धनमाल क्षति भएको छ । भुजेलकै घरबाट आगो सल्केको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी रौतामाई गापा २ जोगिडाडाका मिन्द्रमाया जोगीको घरमा सोलार लाईन सर्ट भई आगोलागी भएको छ । आगोमा परी काठको २ तले घर, घरमा पालेको ३० वटा परेवा, कुखुरा, नगद ३ लाख र घर भित्र रहेको अन्नपात लत्ताकपडा, काठपात जल्दा सात लाखको क्षति एसपी राईले बताए ।
यसैगरी बेलका नगरपालिका ५ का भक्तबहादुर बिष्टको काठे घरमा पनि विद्युत सट भएर आगोलागी भएको छ । आगोमा परी खम्बा भएको २ तले गाई भैसीको ग्वाली जल्दा दुई लाख क्षति भएको छ ।

तपाईको प्रतिक्रिया