शम्भु थापा उत्कृष्ठ ट्राफिक प्रहरी घोषित

शम्भु थापा उत्कृष्ठ ट्राफिक प्रहरी घोषित
उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान शम्भु थापा १ नं. प्रदेशको उत्कृष्ठ ट्राफिक प्रहरी घोषित भएको छ । प्रदेश नं. १ ले सार्वजनिक गरेको उत्कृष्ठ प्रहरी जवानको सूचीमा थापा पनि पर्न सफल भएको हो । गत मंसिर ९ गते त्रियुगा नगरपालिका ७ चुहाडे स्थित नम्बर नखुलेको टिप्परले स.५प ३१२७ नं.को मोटर साइकललाई ठक्कर दिई मोटर साइकलको पछाडी सवार सोही वडा वस्ने वर्ष १७ को सुमन राईको घ...

दुर्घटना न्यूनीकरण सम्बन्धि सांस्कृतिक जनचेतना कार्यक्रम

दुर्घटना न्यूनीकरण सम्बन्धि सांस्कृतिक जनचेतना कार्यक्रम
उदयपुुर, जिल्ला प्रहरी कार्यालय उदयपुर र राष्ट्रिय अपाङ्गता साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सांस्कृतिक चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाईघाटमा विशाल बजार अगाडी सवारी दुर्घटना न्यूनिकरणका लागि विविध साँस्कृतिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । साथै कार्यक्रममा ट्राफिक नियमको पालना गर्न सवारी चालक, सडक प्रयोगकर्ता सर्वसाधारणलाई अनुरोध गरिएको जिल...

तीन महिने सिलाई कटाई तालिम शुरु

तीन महिने सिलाई कटाई तालिम शुरु
उदयपुर / घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति उदयपुरको प्रमुख खड्गबहादुर परियारले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएको छ । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासि...

संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्ने

संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्ने
उदयपुर / त्रियुगा नगरपालिका– ११ स्थित संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । जीवन पर्यन्त शिक्षाका लागि समृद्ध पुस्तकालय समृद्ध पुस्तकालय सुदृढ समाज निर्माणको अभियान भन्ने नारा सहित बहस तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा पुस्तकालयको बर्तमान संरचना र सुधारका पक्षहरु, श्रोत केन्द्र र यसका आधारहरु, आवधिक रणनित...

आफैले लाइटर खेलाउँदा ४ वर्षिय बालकको जलेर मृत्यु

आफैले लाइटर खेलाउँदा ४ वर्षिय बालकको जलेर मृत्यु
उदयपुर / उदयपुरमा ४ वर्षिय बालकको जलेर मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ८ स्थित कोल्बोट गाउँमा परालको गोठमा आगलागीमा परी राजु तामाङको छोरा सुमन तामाङको जलेर मृत्यु भएको हो । खेतमा रहेको परालको गोठमा बच्चा आफैले झोलामा रहेको लाईटर खेलाउँदा आगो लागेको र आगलागीबाट बच्न गोठ भित्रनै कम्बलमा पसेका बालकको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्व कुमार श्रेष्ठले जानकारी दिए । ...

त्रियुगा नगरपालिकाको मोबाइल एप्स संचालन

त्रियुगा नगरपालिकाको मोबाइल एप्स संचालन
उदयपुर / त्रियुगा नगरपालिकाले नगरपालिकाकासबै सुचनाहरु एकै ठाउँबाट हेर्न सकिने गरि मोवाइल एप्स विहिबारबाट संचालनमा ल्याएको छ । मोवाइल एप्सबाट नगरपालिकाका सूचना, जानकारी, परियोजनाबारे जानकारी प्रशासनिक तथा आर्थिक गतिविधी मोवाइल मै हेर्न सकिने गरि नगरपालिकाले एप्स निर्माण गरेर सार्वजनिक गरेको हो । नगरपालिकाका सेवाका बारेमा जानकारी र सूचना दिन एप्स संचालनमा ल्याएको नगर प्रमुख बलदेव चौधरीले बताए ।...

परराष्ट्रका कर्मचारीमाथि कारबाही प्रकृया सुरु

परराष्ट्रका कर्मचारीमाथि कारबाही प्रकृया सुरु
काठमकाडौँ, १२ पुस । इन्डोनेसियामा गएको सुनामीले त्यहाँ भएको जनधनको क्षति प्रति नेपालको तर्फबाट नेपालकी राष्ट्रपति विद्यादेवी भन्डारीले प्रकट गरेको समवेदना पत्रमा परराष्ट्रमन्त्रालयले निकालेको प्रेसविज्ञप्तिको पहिलो लाइनमा समवेदनको ठाउँमा बधाई हुन गएको थियो भने दोस्रो लाईनमा समवेदना लेेखिएको थियो । राष्ट्रपति विद्यालेवी भन्डारीबाट गल्ती नभएर परराष्ट्रमन्त्रालबाट निकालिएको प्रेसविज्ञप्तिमा त्रुटि...

उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो

उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो
उदयपुर / विश्व वातावरण दिवसमा दिवसको अवसरमा फलफुलका विरुवा रोप्ने जिल्ला मध्ये उदयपुर चौथो नम्बरमा परेको छ । एक नेपाली एक विरुवा कार्यक्रम अन्तरगत धेरै विरुवा रोपेकाले उदयपुर चौथो नम्बरमा परेको हो । विश्व वातावरण दिवस दिवस ५ जुन २०१८ मा प्रधानमन्त्री केपी ओलीले सिंहदरबार परिसरमा विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए । धेरै फलफुलका विरुवा रोपेकोमा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण उदयपुर जिल्...

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने
रिता राउत / उदयपुर / उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । बिहिवार मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले पत्रकार सम्मेलन गरी सोको जानकारी गराएका हुन् । ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ माघ १८,१९ र २० गते प्रथम बेटी सम्मेलन उदयपुरको सदरमुकाम गाईघाटमा हुने भएको छ । निःशुल्क सेनेटरी प्याडको व्यवस्थापन ...

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध
रिता राउत / उदयपुर / उदयपुरमा धेरै बालविाह हुने गरेको त्रियुगा नगरपालिका ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक शिक्षिका, बालक्लवहरु बालविवाह न्यूनिकरण गर्नको लागि प्रतिवद्ध भएका छन् । स्थानीय निकायदेखि सरोकारवाला निकायहरु बालविवाह रोक्न एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् । त्रियुगा नगरपालिका ९ राजावासको ओरेक भवनमा सम्पन्न बालविवाह न्युनिकरणका लागि बृहत योजना बैठकमा सम्पूर्ण सहभागी ...