उदयपुर / उदयपुरमा ४ वर्षिय बालकको जलेर मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ८ स्थित कोल्बोट गाउँमा परालको गोठमा आगलागीमा परी राजु तामाङको छोरा सुमन तामाङको जलेर मृत्यु भएको हो ।
खेतमा रहेको परालको गोठमा बच्चा आफैले झोलामा रहेको लाईटर खेलाउँदा आगो लागेको र आगलागीबाट बच्न गोठ भित्रनै कम्बलमा पसेका बालकको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्व कुमार श्रेष्ठले जानकारी दिए ।
शबलाई कटारी अस्पताल पोस्टमार्टमको लागि लागिएको कटारी नगरपालिका ८ का वडाध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । सामान्य परिवारमा जन्मेका तामाङको पोस्टमार्टम गर्न कटारी अस्पतालसम्म पुराउने खर्च समेत नभए पछि पोस्टमार्टम गर्न लाने खर्च समेत नभएपछि नगरपालिकाले बेहोरिदिने कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।









