उदयपुर / घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति उदयपुरको प्रमुख खड्गबहादुर परियारले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएको छ ।
मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन । श्रमले मानिसलाई सम्मानित बनाउँछ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुनेछ प्रमुख परियार । सिलाई कटाई तालिमपछि ग्राहकको रुचि अनुरुप ड्रेस मेकिङ गर्न सक्ने एक दक्ष प्राविधिक बन्ने भएकाले तालिममा सहभागिहरुलाई मेहनतका साथ तालिममा सहभागि हुन अनुरोध गरे । सिप र दक्षताले मानिसको भबिष्य निधारण गर्ने भएकाले त्यसलाई ख्याल गरि काम गर्न आग्रह गरे ।
सरकारी स्तरबाट दिएका तालिमहरुको महत्व हुने भएकाले तालिमपछि सहभागिहरुले हासिल गर्ने सिपलाई परिक्षण गरि प्रमाण पत्र प्रदान गरिने भएकाले तालिममा ध्यान दिन प्रमुख परियारको आग्रह थियो ।
कार्यक्रममा घरेलुका निर्देशक शम्भुप्रसाद साहले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिएको हो । हामीले दिएको तालिमले महिला दिदि बहिनीहरु स्वरोजगार आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताए । घरेलुले बिभिन्न प्रकारको तालिमहरु दिदै आएको छ । जसले तालिम लिई स्वरोजगार बन्ने हिसाबले आबेदन दिएको हुन्छ, त्यसलाई मात्र तालिम दिईने निर्देशक साहले जानकारी दिए ।
घरेलु तथा लद्यु उद्यमबाट उत्पादित स्वादेशी उत्पादनलाई प्रयोगमा ल्याउने निति भएकाले अब हामी सबैले स्वदेशी बस्तुको प्रयोगमा ध्यान दिनु पर्नेमा जोड दिए । घरेलुले प्रदान गरेको तालिमहरुलाई घरेलुको मात्र नभई सबैको भएकाले यसलाई सबै क्षेत्रबाट अनुगमन गरि दिन आग्रह गरे ।
जिल्ला घरेलु बिकास स्थापना भएको लामो समय भएता पनि बिगतमा तालिम लिने तथा उद्यमीहरुको तथ्याङ नभएकाले समस्या भएकाले आफुले ३ वर्ष यताको तथ्याङ अत्याबधि गर्न लागेको जानकारी दिए । जसले गर्दा उद्यमीको डोर टु डोर पुगि उद्यमीसँग अन्तरक्रिया गर्ने अभियान चलाउन लागेको स्पष्ट पारे ।
निर्देशक साहका अनुसार उद्यमीलाई प्रबिधि हस्तान्तरमा १ लाख सम्म दिने ब्यवस्था रहेको महिला उद्यमीहरुलाई त राष्ट्रिय वाणिज्य बैंकले ५ लाख रुपैया सम्म बिना धितो ५ प्रतिशत ब्याजमा ऋण दिने ब्यवस्था रहेको औल्याए । कार्यक्रममा त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसाईली, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले तालिमको सफताको शुभ कामना दिएका थिए । त्रियुगा नगरपालिका भित्रका १० जना महिलाहरुलाई गाईघाट बजारस्थित शोभा लेडिज टेलर्समा प्रशिक्षण दिईने जनाएको छ । तालिम उद्घाटनका क्रममा घरेलुका लेखा अधिकृत दिलिप श्रेष्ठले स्वागत मतब्य राखेको थिए । तालिमको प्रशिक्षकमा शोभा पौडेल रहेको छ । तालिममा सहभागिहरुलाई आवश्यक पर्ने औजारहरु सहित प्रति ब्यक्ति २० हजार रुपैया खर्च हुने लेखा अधिकृत श्रेष्ठले जानकारी दिए ।