उदयपुर / त्रियुगा नगरपालिका– ११ स्थित संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । जीवन पर्यन्त शिक्षाका लागि समृद्ध पुस्तकालय समृद्ध पुस्तकालय सुदृढ समाज निर्माणको अभियान भन्ने नारा सहित बहस तथा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा पुस्तकालयको बर्तमान संरचना र सुधारका पक्षहरु, श्रोत केन्द्र र यसका आधारहरु, आवधिक रणनिति, नियमित कार्यक्रम र गतिबिधिहरु, स्थायीत्व र दिगोपनाको बारेमा चार वटा बुद्धामा आधारित भई सहभागिहरु बिच बहस तथा छलफल गरिएको थियो । संगम सामुदायिक पुस्तकालयलाई एक वर्ष भित्रमा नमूना तथा श्रोत केन्द्रको रुपमा बिकास गर्ने लक्ष्य अनुरुप छलफल अघि बढाइएको हो ।
सामुदायिक पुस्तकालयलाई नमूनाको रुपमा बिकास गर्न यसलाई सबै क्षेत्रको ज्ञानको भण्डारको रुपमा बिकास गर्ने गरि योजना अघि बढाउन सुझाब दिएको छ । परम्परागत रुपमा हुदै आएको पुस्तकालय भन्दा फरक शैलिमा यसलाई सञ्चालन गर्न सके नमूना हुने सरोकारवालाको भनाई रहेको थियो । हिजो जस्तो पुस्तकालय नभई यहाँ बालबालिका, युवा, वयस्क, बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने सामाग्रीका साथ साथै प्रबिधिमैत्री बनाउन सके राम्रो हुने सुझाब दिएको छ । पुस्तकालयमा आउने जुनसुकै आम पाठकले खोजेको सामाग्री उपलब्ध हुने गरि त्यसको ब्यवस्थापन गर्नु पर्नेमा जोड दिएको थियो । त्यसैगरी श्रोत केन्द्रको रुपमा बिकास गर्न त्यसलाई आवश्यक पर्ने भौतिक संरचना देखि फर्निचर, कम्प्युटर लगायतको सामाग्रीका साथसाथै स्थानीय स्तरमा रहेको भूगोल तथा प्राकृतिक श्रोत साधानको अध्यायन गर्नका लागि आवश्यक सामाग्रीहरु उपलब्ध तथा परिचालन गर्न सक्ने सक्षम श्रोत केन्द्रका रुपमा बिकास गर्नु पर्नेमा जोड दिए ।
नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्न नेपाल लाईबे्ररी फाउण्डेशन काठमाण्डौका महासचिव धनकुमार श्रेष्ठ र सचिव श्रीराम घिमिरेले छलफल तथा बहसमा सहजिकरण गरेको थियो । सहभागिबाट आएको सुझाबलाई संकलन गरि केन्द्रमा बिज्ञहरुसँग बसि छलफल गरि पुन यहाँ ल्याएर बहस तथा छलफल गरिने फाउण्डेशनका महासचिव श्रेष्ठले जानकारी दिए । यसरी सबैको सुझाब संकलनपछि तयार भएको आधारभूत सुचाक तथा बार्षिक क्यालेन्डरलाई संगम सामुदायिक पुस्तकालयको वार्षिक साधारण सभाबाट पास भएपछि मात्र प्रक्रिया अघि बढ्ने र त्यसलाई नेपाल लाईबे्ररी फाउण्डेशनले पनि सहयोग गर्ने संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले जानकारी दिए ।