प्रदेश २ को एसईई परीक्षा स्थगित
काठमाडौं । सरकारले प्रदेश २ मा माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्न पत्र परीक्षा अघि नै बाहिरिएपछि प्रदेश २ को परीक्षा चैत महिना भित्रै लिने गरी तत्कालका लागि स्थगित गर्ने निर्णय लिइएको जानकारी दिएका हुन् ।
उनले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आगामी २२ गते लिने भनिएको विज्ञान विषय...











