उदयपुर । यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ । चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षामा २६ केन्द्रमा ७ हजार १ सय ८२ परीक्षार्थी सामेल हुने छन् ।
यो वर्ष जनता मावि देउरीमा नारद आदर्श मावि बसहा, त्रियुगा मावि गाईघाट र त्रिवेणी मावि कटारीको प्राविधिक तर्फको विद्यार्थीहरु सहभागी हुने छन् । यस वर्ष महिला मैत्री परीक्षा केन्द्र नभएपनि जनप्रेमी मावि रिस्कुमा डोमिला धमला र नारद आदर्श मावि बसहामा उदय राई महिला केन्द्राध्यक्षको जिम्मेबारी दिईएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत देवी पराजुलीले बताईन् ।
यस वर्ष रेगुलर तर्फ ६ हजार ८ सय ५१ परीक्षार्थी र गे्रड वृद्धि परीक्षाको लागि ३ सय ३१ परीक्षार्थी सहभागी हुँदैछ ।
सबै परीक्षा केन्द्रको लागि आबश्यक पर्ने प्रश्नपत्र र सहायक केन्द्राध्यक्ष समेत तोकेर सम्बन्धित केन्द्रमा पठाई सकिएको शिक्षा विकास तथा समन्वय इकाई हरिहर धितालले बताए ।
हेर्नुस् कुन विद्यालयमा कति परीक्षार्थी सहभागी

 

तपाईको प्रतिक्रिया