
उदयपुर । यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइई आजबाट शुरु भएको छ । उदयपुरमा यस वर्ष ७ हजार १ सय ८२ परीक्षार्थी एसइईमा सहभागी भएका छन् ।
यो वर्ष जनता मावि देउरीमा नारद आदर्श मावि बसहा, त्रियुगा मावि गाईघाट र त्रिवेणी मावि कटारीको प्राविधिक तर्फको विद्यार्थीहरु सहभागी हुने छन् भने अम्बेबर मावि राजाबासमा ग्रेड वृद्धि परीक्षार्थी सहभागी हुने छ । यस वर्ष महिला मैत्री परीक्षा केन्द्र नभएपनि जनप्रेमी मावि रिस्कुमा डोमिला धमला र नारद आदर्श मावि बसहामा उदय राई महिला केन्द्राध्यक्षको जिम्मेबारी दिईएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत देवी पराजुलीले बताईन् । उदयपुरबाट यस वर्ष रेगुलर तर्फ ६ हजार ८ सय ५१ परीक्षार्थी र गे्रड वृद्धि परीक्षाको लागि ३ सय ३१ परीक्षार्थी सहभागी हुँदैछ ।
हेर्नुस् कुन विद्यालयमा कति परीक्षार्थी सहभागी र केन्द्राध्यक्षको विवरण










