उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु (फोटो फिचरसहित)

उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा साना ठूला दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्क अनुसार १२ महिनामा एक सय बढी साना ठूला दुर्घटनामा परी ४२ जनाको ज्यान गएको देखिन्छ । जसमा पुरुष ३६ जना, महिला ४ जना र बालक २ जनाको ज्यान गएको थियो । यस्तै ८५ जना गम्भिर र...

सहिदको सम्झनामा ९० जनाले गरे रक्तदान

सहिदको सम्झनामा ९० जनाले गरे रक्तदान
उदयपुर । सहिद मनोज झपेन्द्रको सम्झनामा बुधबार उदयपुरका कर्मचारीले विबिध कार्यक्रमको आयोजना गरि मनाएका थिए । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बहुउद्देश्ीय सहकारी संस्थाको संयुक्त आयोजनामा विहान अन्तरक्रिया र दिउँसो रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाका ९० जनाले रक्तदान गरेको संगठनका कार्यवाहक अध्यक्ष कमला निरौलाले जानकारी दिईन । संगठनले बर्षेनी सहिदको सम्झनामा रक्तदा...

उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित मिलन पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित मिलन पक्राउ
उदयपुर । उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ असारीका अन्दाजी २३ वर्षिय मिलन खतिवडा ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट हरियो रंगको प्लाष्टिको बाटा र टिनको दराज भित्र लुकाई छिपाई राखेको ठूलो परिमाणको लागूऔषध सहित पक्राउ परेको हो । उनको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो ...

गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले संसारकै अतिदुर्लभ प्रसुति गराउन सफल

गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले संसारकै अतिदुर्लभ प्रसुति गराउन सफल
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट स्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले संसारकै अति दुर्भल प्रसुति गराउन सफल भएको छ । कम उचाई भएकी त्रियुगा नगरपालिका ६ की २६ वर्षिय युवती विमला चौधरीको दोस्रो सन्तान नर्मल प्रसूति गराउन सफल भएको हो । करिव ४ फिट उचाई भएकी चौधरीको पहिलो सन्तान २ वर्ष अगाडी जिल्ला अस्पताल गाईघाटमा अप्रेशन गरेर निकालिए पनि दोस्रो सन्तान ४ केजी ५ सय ग्राम तौल भएको बच्चा सिभिल ...

पूर्णपुष्टि १४ वर्षमा प्रवेश

पूर्णपुष्टि १४ वर्षमा प्रवेश
उदयपुर । नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका अध्यक्ष विक्रम लुईटेलले उदयपुरबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिकको नयाँ कार्यालय र अनलाईनको उद्घाटन शुक्रबार गरेका छन् । एक विशेष कार्यक्रमकाबीच अध्यक्ष लुईटेलले रिबन काटेर पूर्णपुष्टिको नयाँ कार्यालय उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले पूर्णपुष्टिको नयाँ लोगो पनि सार्बजनिक गरेको थियो । साथै डब्लुडब्लुडट पूर्णपुष्टि डटकम क्लिक गरी अनलाईनको विमोचन गर...

लिम्चुङबुङ पुग्यो खाद्यन्न

लिम्चुङबुङ पुग्यो खाद्यन्न
उदयपुर । संकटग्रस्त घोषणा गरिएको उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा शुक्रबार विहान नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरी ४ हजार ६ सय ४० किलो खाद्यान्न पुर्याएको छ । बिहिबार नै त्यहाँ खाद्यान्न लैजाने तयारी गरिएपनि खराब मौसमका कारण त्यस ठाउँको खाद्यन्न ताप्ली गाउँपालिका रुपाटार पुर्याएपछि शुक्रबार लिम्चुङबुङ खाद्यन्न पुगेको हो । शुक्रबार विहान भरी पानी परेपछि झन अनिश्चित बनेको खाद्यान्न ढुवानीको काम...

चुरा–मेहन्दीको व्यापार बढ्यो

चुरा–मेहन्दीको व्यापार बढ्यो
उदयपुर । साउनको आगमनसँगै महिला दिदी बहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ । साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको संख्या बढ्ने हुँदा यो महीनामा व्यापार बढ्ने र आम्दानी पनि राम्रो हुने व्यपारीहरु जनाउँछन् । बिहेबारीको लगनका बेलामा समेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ । साउन महिनामा हरियो चुरा र मेह...

उदयपुरमा विषालु च्याउ खाएर १२ बिरामी

उदयपुरमा विषालु  च्याउ खाएर १२ बिरामी
उदयपुर । उदयपुरमा छुट्टाछुटै स्थानमा जंगली विषालु  च्याउ खाएर १२ जना विरामी भएका छन् । त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना गरी १२ जना बिरामी भएका हुन् । जंगली विषालु  च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र १७ वर्षीया रबिना दनुवार बिरामी परेका ...

उदयपुरमा लागू औषधसहित चार युवा पक्राउ

उदयपुरमा लागू औषधसहित चार युवा पक्राउ
उदयपुर ।उदयपुरमा लागूऔषध सहित चार युवा शनिबार दिउँसो पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ स्थित असारी किराँत चोकमा लागू औषध सेवन गरिरहेको अवस्थामा चार युवालाई लागूऔषधसहित पक्राउ परेको छ । लागूऔषधसहित त्रियुगा नगरपालिका १३ बस्ने २२ वर्षिय रविन राई, १६ वर्षिय सुगम राई, २४ वर्षिय दिनेश दनुवार र त्रियुगा नगरपालिका १० बस्ने १५ वर्षिय प्रदिप सुर्खेती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ...

लागूऔषधसहित तीन युवा पक्राउ

लागूऔषधसहित तीन युवा पक्राउ
राजेन्द्र महतो, लहान । लागूऔषध सहित उदयपुर कटारीका तीन युवा सिरहा माडरबाट पक्राउ परेको छ । सिरहा नगरपालिका १७ माडरबाट सशस्त्र प्रहरीले भारतबाट पैदल नेपाल आउँदै गरेको अवस्थामा एक सय ट्याब्लेट निट्राजिपाम लागुऔषधसहित कटारी नगरपालिकाका तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका १ का १७ वर्षिय राहुल घले मगर, वडा नं. २ का २० वर्षिय दिलबहादुर खत्री र अर्का २० वर्षिय मिल माझी रहेको ...