कोरोना संक्रमित क्षेत्रको कहर : बाँच्न पाउँ सरकार ! हामी आफै पैसा दिन्छौ, परीक्षण गरिदिनुस्
उदयपुर । आहा ! आज फेरी भुल्केमा हेलिकप्टर आए छ । आज कोरोना परीक्षण गर्न पाइने भईयो । यस्ती तातो घाम लाइनमा दिन भर बस्यौ तर परिक्षण भएन आज पक्कै हाम्रो पालो आउँछ भन्दै दिउँसो आराम गरिरहेका ६७ वर्षिय दिप नारायाण चौधरीले बुहारीलाई भनेको शब्द यहि हो । उनले बुहारीलाई सोध्यो प्रहरीले हामीलाई खबर गर्यो ? बुहारीले भने, ‘कोही आएको छैन् ।’ ससुरालाई त्यतिले चित्त बुझेन । उनको घर र मस्जिदको दुरी १५ मिटरको फरक...










