उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीको पाँच जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस संक्रमण देखिएका भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङका कोरोना संक्रमित २६ वर्षिय युवक ससुरालीमा चैत्र ७ गते आईपुगेका थिए । उनी ३० फागुनमा साउदी अरबबाट काठमाडौं आई सोही दिन रात्रीबस चढेर सुनसरीको झुम्का आए । त्यहाँबाट चतरा आए, जहाँ उनकी श्रीमती र छोरी बस्दै आएका थिए । चतरा, धरान, इटहरी लगायत स्थान पुगेर चैत्र ७ गते उदयपुर आई पुगेका थिए ।
उनी चैत्र ११ गते विहान ससुरालीबाट घर गएको बेलका नगरपालिका ७ का वडाध्यक्ष सुरेन्द्र राईले जानकारी दिए । उनलाई विदेशबाट आएको ४१ दिनपछि कोरोना संक्रमण देखियो । यससँगै उनमा कोरोनादेखिएपछि ससुरालीमा रहेका श्रीमति, एक छोरी, ससुरा, सासु र जेठी सासुको छोराको कोरोना परीक्षण गरिएको वडाध्यक्ष राईको सवैको रिपोर्ट नेगेटि आएको बताए । योसँगै पछिल्लो चरणमा स्वाब संकलन गरेको ११० जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमा चौदण्डीगढी नगरपालिकाको ५८ जना, त्रियुगा नगरपालिका २ मोथियाहीको २० जना र स्वास्थ्यकर्मी २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया