उदयपुर । प्रदेश एकमा मुख्यमन्त्रीसहितको एक टोली कोरोना भाइरस प्रभावित उदयपुरको भुल्केमा आई पुगेका थिए । शनिबार मुख्यमन्त्री शेरधन राईसहित सामाजिक विकास मन्त्री जीवन घिमिरे र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीसहितको टोलीले कोभिड १९ प्रभावित जिल्ला उदयपुरको स्थलगत जानकारी लिएको छ ।यसक्रममा मुख्यमन्त्री राईले कोरोनाभाइरसबाट प्रभावित क्षेत्रका सर्वसाधारणलाई त्रसित नभइ सुरक्षित बस्न आग्रह गरेका थिए । तपाईहरुको साथमा प्रदेश सरकार रहेको र अहिलेको समयमा नआत्ति बस्न आग्रह गरेका मुख्यमन्त्री राईले सर्वसाधारणसँग कोभिड १९ विरुद्ध एक भएर लड्नु पर्नेमा जोड दिएकाछन् ।
यसबीच, मुख्यमन्त्री राईको टोलीले उदयपुरको कटारी १ मा अवस्थित बेलसोतमा रहेको क्वारेन्टाइन स्थलको समेत निरीक्षण गरेको थियो । मुख्यमन्त्रीको टोलीले कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्य सामाग्री समेत प्रदान गरेको थियो ।
टोलीले थर्मलगन, पीपीई सेट, एन ९५ माक्स, सेनिटाइजर, ग्लोभ्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । उदयपुरमा पीसिआर विधिबाट ५ सय ३० जनाको स्वाब संकलन गरेकोमा २८ जनामा संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया