उदयपुर । आहा ! आज फेरी भुल्केमा हेलिकप्टर आए छ । आज कोरोना परीक्षण गर्न पाइने भईयो । यस्ती तातो घाम लाइनमा दिन भर बस्यौ तर परिक्षण भएन आज पक्कै हाम्रो पालो आउँछ भन्दै दिउँसो आराम गरिरहेका ६७ वर्षिय दिप नारायाण चौधरीले बुहारीलाई भनेको शब्द यहि हो । उनले बुहारीलाई सोध्यो प्रहरीले हामीलाई खबर गर्यो ? बुहारीले भने, ‘कोही आएको छैन् ।’ ससुरालाई त्यतिले चित्त बुझेन । उनको घर र मस्जिदको दुरी १५ मिटरको फरकमा छ । उनले मस्जिद नजिकैबाट सिधै सेनाको फुटबल मैदानमा आँखा लगायो तर, त्यहा ठूलाठालू मानिसहरु देखे, तर सर्वसाधारण कोही देखेन । उनले फेरी बुहारीलाई भने, ‘मानिसहरु आएको छ त ।’ बुहारीले भने, ‘अस्ति नै नाम टिपेर लगेको छ, प्रहरीले भन्न आउँछ नी ।’ आशै आशमा जव हेलिकप्टर उड्यो तर पो थाह भो । कोरानो परीक्षण गर्न टोली होइन् ।
उनले पनि सोचेका थिए बैशाख ७ गते कोरोना परीक्षण गर्न लाइनमा बसेका प्रदिपको पनि छ । उनले पनि आज कोरोना परीक्षण गर्ने हाम्रो पालो आउँछ । भन्दै पर्खिएर बसे । जव हेलिकप्टर उड्यो अरुलाई सोधे के चेक गर्न गऔं भनेर । तर, कसैले पनि भनेन बोलायो भनेर ।
उनीहरुले गाउँ घरमा बुझ्दा पो थाह भयो कि प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जिवन घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की लगायत पो आएको रहेछ । सवैको खुल्दुली अहि रह्यो अस्ति लाइनमा बसेका थियौं, आज हाम्रो पाले आउँछ खुल्दुली सबैमा भयो । तर, हेलिकप्टर उडेपछि बैशाख ७ गते तातो घाममा कोरोना परीक्षणको लाइनमा बसेका सवै जिल्ल परे । उनीहरुले यही बुझे कि कोरोनाको नाममा राज्यको पैसा सक्ने हेलिकप्टर पो आएको रहेछ भनेर ।
जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्के यतिबेला कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । यहाँको एउटा मस्जिदमा बसिरहेका र वरिपरिका स्थानीयमा समेत लगातार संक्रमण देखिएपछि अहिले सबैको ध्यान भुल्केमै छ ।
भुल्केलाई अहिले पूरै सिल गरिएको छ । बस्तीबाट कसैलाई पनि बाहिर जान दिइएको छैन भने बाहिरबाट पनि भुल्केमा कसैलाई प्रवेश दिइएको छैन ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कैदीबन्दी झै गरेर गाउँहरुलाई नै पहरा दिईरहेको छ । घरबाट मेला पात गर्न जान पाएको छ न त औषधि उपचार गर्न । घरमा दाल चामल सकिएको छ तर, ल्याईदिने कोही छैन् । कोरोना संक्रमण भएपछि यहाँको जनता कसरी बाँचेको छ ? कुन दुःखमा बाँचेका छन् । त्यसबारे सम्बन्धित निकायको कुनै चासो छैन् । सेना प्रहरीले घर भित्रै बस्नु, बाहिर ननिस्किनु बाहेक अरु केही सुनि दैन् ।

परीक्षण गर्न पाउने आशमा रहेका दिपनारायण चौधरीका अनुसार मन्त्रीले त्यत्रो हेलीकप्टर चार्टर गरेर भुल्के आईपुगे तर कोरोना परीक्षण गर्ने किट किन ल्याएनन् । ‘सरकार पैसा कति लाग्छ हामी दिन्छौ तर, कोरोना परीक्षण गरिदिनुस् । म बुढो मर्दा कुनै फरक पर्दैन । तर, मेरा बालबच्चा बाचौस् ।’ उनले मलिन स्वरमा भने, ‘मेरो घर र मस्जिद मात्रै १५ मिटरको दुरीको फरकमा छ, छोरा छोरी नाति नातिनी पनि त्यही मस्ज्दि आसपास गएका छन् । संक्रमितको बालबच्चासँग रातदिन खेलेका छन्, गाई गोठाला, बाख्रा चराउन गएका छन् । के मेरो बालबच्चालाई बाँच्ने अधिकार छैन ? सरकार ।’
गाई गोरु चराउन जान पाएको छैन, घरमा कति दिन राख्ने उनले गुनासो गरे । उनले थपे, ‘गाउँ नै सिल गरेपछि हामी गरिब ज्याला मजदुरी गर्ने मर्ने भइयो, अतिआश्यक खाद्यन्न सामग्री छैन, दाल, चामल, नून, तेल सकियो पैसा छैन् । कसरी बाँचौं ।’
मन्त्रीहरु कोरोना संक्रमित क्षेत्रको अनुगमन गर्न आउनु ठिकै हो तर, सँगसँगै कोरोना परीक्षण गर्ने किट लिएर आएर गाउँ भरीका मानिसको परीक्षण गरिदिए शंका दुर हुने थियो स्थानीय जय नारायण ढकाल बताउँछन् । अहिले गाउँले रोग भन्दा पनि कोरोनाको भयले बढी सशंकित भएको उनले बताए । उनले भने, ‘हेलीकप्टर आएपछि फेरी आज स्वाब परीक्षण लिएर जान्छ सोचेको थिए तर, भएन् । के हामी भयमै बाँच्ने, किन निर्धक्क भन्न नसकेको सरकार ।’ कोरोनाको त्रासले स्थानीय पसल तथा दोकानहरुमा मुस्लिम समुदायले आवश्यक सामान किन्न गए रुपैया पैसा लिन नमानेपछि मुस्लिम समुदाय झन पीडित बनेको छ ।
मुस्लिम समुदाय भनेपछि दोकानबालाहरुले पनि खाद्यन्न दिन छोडेको मुस्लिम टोल सुधार समितिको सचिव मो. अनिस राइनले बताए । ‘हाम्रो समुदायमा रुपैया पैसा हुनेको पनि पैसा चल्न छोड्यो, ५६ घर परिवारकै मानिसहरुमा के खाउ के लाउँ भएको छ, उनीहरुको मुख्य पेशा कृषि हो ।’ उनले भने, ‘गाउँ नै सिल भएपछि कनि कुथी तरकारी बेचेर खानेहरु अहिले भोकभोकै बस्नु परेको छ ।’
गाउँमा गर्भवत्ती पाँच र सुत्केरी १३ महिलाको कन्तविजोग भएको मो. राइनले बताए । बालबच्चालाई खुवाउने दुध छैन् । वडा कार्यालयको राहत कति दिनसम्म चल्ने टुङ्गो छैन् । ‘घरमा धान छ, कुटापिसान बन्द छ, हामी रात दिन प्रहरीको निगरानीमा छौ । हामी कैदी जस्तै भएका छौं,’ राइनले भने ।, ‘नून तेल घरमा छैन ल्याई दैउ भन्दा कसैले सुन्दैन् । प्रशासनलाई हार गुहार गरेका छौं, तर प्रशासनले कुनै चासो दिइदैन् ।’ स्थानीय राजु ठकुरीका अनुसार प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जिवन घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की लगायतले त आश्वासन मात्रै दिइएको आरोप लगाए । उनले भने, ‘संक्रमित क्षेत्रबासीको कोरोना परीक्षण गर्ने छौं मात्रै भने तर कहिले देखि गर्ने, कति जनाको गर्ने कुनै कुरै गरेन ।’ उनले थपे, ‘अहिले आश्वासन भन्दा काम गरेर देखाउने बेला हो, जब रोगले सारा गाजिन्छ अति टाउकोमा हात लिनु सिवाय अरु केही हुने छैन् । सरकारले सक्दैन भने हामी आफै पैसा दिन्छौ हामीलाई कोरोना परीक्षण गरी दिनु पर्यो ।’
हामीलाई युद्धमा जाऔं भन्छ तर, हतियार दिँदैन त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीको गुनासो छ । कसरी निवस्त्र भएर कोरोना संक्रमित क्षेत्रमा जाने हामीसँग भएको स्रोत साधनले पुग्दैन् । प्रदेश र केन्द्र सरकारलाई गुहार गर्यौ सुन्दैन् । मेयरले भने, ‘संक्रमित क्षेत्र सहित करिव २ हजार एक सय भन्दा बढीको थ्रोट स्वाब नमूना संकलन गर्न बारम्बार भनेका छौं तर कहिले हुने आफै नाजवाफ छु ।’
‘यहाँ स्वास्थ्यकर्मी छैनन् । कि प्रदेश कि संघीय सरकारबाट आएका स्वास्थ्यकर्मीले परीक्षण गरिरहेका छन् । परीक्षण गर्न कि धरान, कि विराटनगर कि काठमाडौं पठाउनुपर्ने अवस्था छ । यहाँ कुनै उपकरण छैनन्, त्यसैले यहाँ विशेष टोली खटाएर काम थाल्नुपर्छ भनेर माग गरिएको छ ।’ मेयरले भने, ‘ प्रदेश र केन्द्र सरकारलाई सबै जानकारी छ । के कारणले यहाँ आएर काम थाल्न अप्ठेरो भएको हो बुझ्न सकेको छैन । यहाँको अवस्था थाहा हुँदाहुँदै चासो नदेखाइएकाले बाध्य भएर मैले प्रदेश र संघीय सरकारलाई बुधबार ध्यानाकर्षण गराएको छु ।’
ज्याला मजदुरी, अति गरिव विपन्नलाई राहतका लागि १ करोड बजेट विनियोजन भएर प्रत्येक वडामा पाँच पाँच लाखको बजेट खर्च गर्ने अधिकार दिएइएको छ मेयरले बताए ।

तपाईको प्रतिक्रिया