उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा १ सय ५ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सय १२ जना मध्ये १ सय ५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । सवै थ्रोट स्वाब नमूना संकलन (पिसिआर) विधिको रिपोर्ट हो ।
त्रियुगा नगरपालिका ३ भुल्केमा मात्रै कोरोना संक्रमितको संख्या २८ पुगेपछि संक्रमित १२ भारतीय सहित १६ जमाती बसेका ठाउँहरुमा स्वाब परिक्षण गरिएको थियो । १६ जमातीले वा अन्य व्यक्तिले कोरोना भित्र्याएको बारे निचोडमा पुग्न स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार स्वाब परिक्षण गरेको सवैको रिपोर्ट नेगेटिभ आएको छ ।
जाँच गरिएको मध्ये त्रियुगा नगरपालिका २ मोथियाहीको ४ महिला सहित २० जना, चौदण्डीगढी नगरपालिकाको सिवाई लगातका ५ महिला सहित ५८ र स्वास्थ्यकर्मीको १४ महिला सहित २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै रिपोर्ट आउन बाँकी कटारी नगरपालिकाको २ जना र बेलका नगरपालिका ७ मैनामैनीको ५ जनाको रिपोर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया