मिर्चैया नगरपालिकामा व्यापक अनियमितता
राजेन्द्र महतो, लहान । सिरहाको मिर्चैया नगरपालिका पनि आर्थिक अनियमितताको सबालमा अछुतो रहन सकेन् । नगरपालिकामा आर्थिक अनियमितता, भ्रष्टाचार र शक्ति दुरुपयोग भएको भन्दै स्थानीयहरुले पारदर्शीताको माग गरेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मिर्चैया नगरपालिकामा व्यापाक भ्रष्टाचार भएको भन्दै खर्च विवरण पुर्ण रुपमा पारदर्शी गर्न जनता समाजवादी पार्टीका युवा नेता रामेश्वर यादवले माग गरेका छन्...













