राजेन्द्र महतो, लहान । सिरहा नगरपालिकामा अख्तियारको टोलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकमको कागजात छानविनका लागि नियन्त्रणमा लिएको छ ।
सिरहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) मा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खरिद सम्बन्धि कागजात छानबिनको लागि नियन्त्रणमा लिईएको छ ।
सिरहाको स्थानिय तहमा कोरोना भाइरसको नाममा आर्थिक अनियमितता, भ्रष्टाचार र व्यापक असन्तुष्टिहरु देखिएपछि जिल्ला बिपद ब्यबस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च बिबरण सार्बजनिक गर्न भनेपछि सिरहा नगरपालिकाले समितिलाई ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो ।
सो विवरणमा केही सामग्रीको मूल्य बजार भाउ भन्दा अत्याधिक बढी पाइएपछि अख्तियारले चासो लिएकोे हो ।
सिरहा नगरपालिकाबाट माक्स ७५७५ पिस खरिदमा २० लाख २ हजार ९ सय ९७ रुपैया, थर्मगन ७ थानमा १५ हजार ७ सय ५३ रुपैया, ग्लोव्स ३७०७० पिस खरिदमा ६ लाख ८ हजार ८ सय, सेनिटाइजर ५९९९ लिटर मा १४ लाख १ हजार ९७ रुपैया, सावुन ७२ कार्टुन मा १ लाख ७२ हजार १ सय ९५ रुपैया, पि.पि.ई. २२५ थानमा ९ लाख १८ हजार ४ सय ९१ रुपैया, किटनाशक औषधि छर्ने स्प्रे सानो २० थानमा ५ हजार, रेनकोट ११५ थानमा १ लाख ९३ हजार, रेनवुट ३३७ थानमा ३ लाख १२ हजार १ सय ५० रुपैया, डस्ना ३०६ थानमा ४ लाख ५५ हजार ८ सय ५० रुपैया, बेड ३४९ थानमा २ लाख ५९ हजार ४ सय, झुल सुपानेट ६६० थानमा ३ लाख ३० हजार, तन्ना ५५८ थानमा ४ लाख ५० हजार ३ सय ७७ रुपैया ५० पैसा, तकिया ५११ थान २ लाख ८ हजार ९ सय ५० रुपैया, तकिया खोल १११ थान ३१ हजार ९ सय २७ रुपैया ५० पैसा, कम्बल ४०६ थानमा ४ लाख २४ हजार ५ सय ७५ रुपैया, स्प्रीटमा २ हजार ६ सय, बिधुतिय सामाग्री खरिदमा ६ लाख ५६ हजार ६ सय २५, खानेपानि धाराहरुको सामाग्री खरिदमा २ लाख ५८ हजार ६ सय ५१ रुपैया, फलामे खाट २५० थानमा ११ लाख ९४ हजार ६ सय ८५ रुपैया, किटनाशक औषधी छर्ने स्प्रे ठुलो २५ थानमा १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चियामा ३१ लाख ८३ हजार ५ सय, जोखिम भत्ता कर्मचारी व्यवस्थापनमा ४० लाख ९३ हजार ५ सय ७४ रुपैया, लामखुट्टे औषधि खरिद तथा छरकिने कार्य र सरसफाईमा १६ लाख २९ हजार ९ सय ३६ रुपैया खर्च विवरण दिएको छ ।
त्यसैगरी वडाबाट वडा नं. १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा नं. १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स आदी वितरण कार्यमा खर्च १ करोड ४ लाख ८४ हजार ९ सय १६ रुपैया गरी ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैया खर्च रहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताएका छन् ।
खर्च विवरण










