कोभिड १९ का बाबजुत पनि करदाता सेवा कार्यालय गाईघाटद्वारा ६३ करोड कर संकलन
उदयपुर । आन्तरिक राजश्व करदाता सेवा कार्यालय गाईघाटले आर्थिक वर्ष २०७६÷७७ मा करिव ६३ करोड कर संकलन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ भन्दा गत आर्थिक वर्ष १९ करोड ९ लाख ६१ हजार १ सय ५५ रुपैया ५३ पैसा बढी कर संकलन भएको हो ।
आर्थिक वर्ष २०७५÷७६ मा ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैया ६५ पैसा कर संकलन गरेको थियो भने आव २०७६÷७७ मा ६२ करोड ९९ लाख ७४ हजार पाँच सय २८ रुपैया १८ पैसा कर संकलन भएको हो । यो रकम...













