राजेन्द्र महतो, लहान । दलित विरोधी रहेको भन्दै सिरहाको मिर्चैया नगरपालिका ३ का स्थानीय दलितहरुले आफ्नो काम अगाडि बढाइदिन माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन । मिर्चैया नगरपालिका ३ का वडाध्यक्ष हरि यादवले राजनीतिक पूर्वाग्रहको कारण दलित वस्तीलाई दिएको जस्तापता लगाउँने कार्य रोकिदिएका छन ।
दलितहरुले पटक पटक उपभोक्ता समिति बनार्इ दिन आग्रह गर्दा पनि वडाध्यक्ष यादवले भोलीपर्सी गरी टार्दै गएका थिए । दलित वस्ती विकासको बाध्यक रहेको वडाध्यक्ष यादवले काम गर्न गराउँन चिठ्ठी महिनौदेखि आफ्नो घरमै राखेकोले वडाध्यक्ष सचिवले काम अगाडि बढाउँन नसकेकोले असार १७ गते कार्यालयमा तालाबन्दी गरेका हुन।
जसपाका वरिष्ठ नेता तथा सांसद राजकिशोर यादवको संसदीय कोषबाट मिर्चैया ३ का दलित बस्तीमा जस्तापता लगाउँने योजना आएका छन। दलित बस्ती खरको घर रहेकोले बर्षाको समयमा पानी चुहिने तथा उठिवास भइरहेकोले सांसद यादवले त्यस वस्तीमा १९ लाखको जस्तापता लगाउँने योजना दिएका छन।
काम गर्न गराउँन फागुनमै चिठ्ठी प्राप्त गरेका वडाध्यक्षले यत्तिवेला कोरोनामा पैसा पठाएको वहाना गरिरहेको स्थानीयले बताएका छन।

तपाईको प्रतिक्रिया