उदयपुर । भारतबाट तराई प्रवेश गरेको सलह किरा उदयपुरको त्रियुगा नगरपालिकामा पनि देखिएको छ । सलह किराको सानो झुण्ड त्रियुगा नगरपालिकाा ४ बगहामा देखिएको छ । यस अघि कटारी र बेलका नगरपालिका, उदयपुरगढी र लिम्चुङबुङ गाउँपालिकामा पनि फाटफुट सलह किरा देखिएको थियो ।

वर्षा भइरहेको समयमा त्रियुगा नगरपालिका ४ बगहामा देखिएकोले २०–२५ वटा याकको विरुवा खाएर पुनः पश्चिम दिशा तर्फ गएको वडाध्यक्ष सुभाष निरौलाले जानकारी दिए । उनका अनुसार स्थानीयहरुले २५–३० वटा पक्रेर ल्याएको थियो, सो किरा पहिचानको लागि कृषि शाखा पठाइएको वडाध्यक्ष निरौलाले जानकारी दिए ।
यस विषयमा कृषि शाखा प्रमुख नाथुराम चौधरीका अनुसार सहल किरा नै भएको र पछि सो ठाउँमा किरा हेर्न जाँँदा भागि सकेको रहेको बताए । ‘बालीनालीमा देखिएको छैन, याकको बोटमा देखिएको कृषकहरुले पक्रेर ल्याएको छ,’ कृषा शाखा प्रमुख चौधरीले भने, ‘ठूलो समुहमा देखिन्न । झुण्डबाट छुटिएर आएकोहरु जस्तो देखिएको छ ।’
झुण्डमा देखिनुपर्ने सलह थोरै मात्रामा देखिएको विषयमा अध्ययन भइरहेको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीले पनि उदयपुरमा छिटफुट सलह किरा फेला परेको जानकारी आए पनि पूष्टी हुन बाँकी रहेको बताए । कतिपयले भने सामाजिक संजालमा सलह किरालाई संकलन गरेर भुटेर खान वा पन्छीलाई चारोको रुपमा उपयोग गर्नुपर्ने चर्चा सुरु गरेका छन् ।









