उदयपुर । आन्तरिक राजश्व करदाता सेवा कार्यालय गाईघाटले आर्थिक वर्ष २०७६÷७७ मा करिव ६३ करोड कर संकलन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ भन्दा गत आर्थिक वर्ष १९ करोड ९ लाख ६१ हजार १ सय ५५ रुपैया ५३ पैसा बढी कर संकलन भएको हो ।
आर्थिक वर्ष २०७५÷७६ मा ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैया ६५ पैसा कर संकलन गरेको थियो भने आव २०७६÷७७ मा ६२ करोड ९९ लाख ७४ हजार पाँच सय २८ रुपैया १८ पैसा कर संकलन भएको हो । यो रकम कोभिड १९ को प्रतिकुल समयका बाबजुत पनि आर्थिक वर्ष २०७५÷७६ भन्दा ४३.५ प्रतिशत बढी कर संकलन गरेको हो ।
आय कर ११.०१ प्रतिशत, व्याज १०८.१५ प्रतिशत र मुल्य अभिवृद्धि कर ९९.५२ प्रतिशतले वृद्धि भएको करदाता सेवा कार्यालय गाईघाटका कर अधिकृत सुमन बुढाथोकीले जानकारी दिए । उनका अनुसार घर बहाल करमा २१.४३ प्रतिशत, अन्त शुल्कमा २७.९४ प्रतिशत, स्वास्थ्य सेवा शुल्कमा ९५.५२ प्रतिशत र शिक्षा सेवा शुल्कमा ७४.६८ प्रतिशतले कमी आएको छ । सरकारले शिक्षा र स्वास्थ्य सेवा शुल्क खारेज गरिसकेका छन् ।
गत वर्ष आय कर वापत २३ करोड ४९ लाख २९ हजार ३ सय ७९ रुपैया ७५ पैसा, मूल्य अभिवृद्धि कर ३५ करोड ६१ लाख २२ हजार ४ सय ३३ रुपैया ९५ पैसा र व्याज ५७ लाख ६८ लाख ३० रुपैया २५ पैसा कर संकलन भएको छ ।
बहाल कर वापत १ करोड ६ लाख ७५ हजार ४ सय ८३ रुपैया ९८ पैसा, अन्तशुल्क २ करोड २० लाख ४१ हजार ८ सय २० रुपैया, स्वास्थ्य सेवा शुल्क वापत १२ हजार ११४ रुपैया र शिक्षा सेवा शुल्क वापत ४ लाख २५ हजार २ सय ६६ रुपैया २५ पैसा कर संकलन भएको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिए ।
उदयपुरमा आयकरमा १० हजार ६ सय ७० व्यवसाय दर्ता रहेका छन भने मुल्य अभिवृद्धि करमा एक हजार ३ सय ७९ व्यवसाय दर्ता रहेको कार्यालय प्रमुख बुढाथोकीले जानकारी दिए । अन्तःशुल्क एक हजार २७ करदाता, व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १५ हजार ३ सय २३ रहेको जानकारी दिए । उनका अनुसार यस वर्षबाट केही संघ संस्था तथा सरकारी कर्मचारीलाई व्यक्तिगत स्थायी लेखा नम्बर अनिवार्य गरेपछि बढेको बताए ।
यस्त अन्तःशुल्कमा एक हजार ६० व्यवसाय दर्ता रहेका छन् भने भुक्तानीमा कर कट्टी गर्ने संख्या ३६ रहेका छन् ।
कर कार्यालय र करदाता बिचको सम्बन्धलाई प्रगाढ बनाउन जनचेतना मुलक अभियान चलाउने लगायतका कार्यले करमा उल्लेखनीय वृद्धि भएको बुढाथोकीले बताए । ‘कर कार्यालय र करदाता बिचको भ्रमलाई चिर्न हामीले बिभिन्न अभियान चलाउँदै आएका छौं ।’ कार्यालय प्रमुख बुढाथोकी भने, ‘कर कार्यालय र करदाता भनेको नङ र मासुको जस्तो सम्बन्ध बनाउने हाम्रो उद्देश्य हो ।’

तपाईको प्रतिक्रिया