सुखिलाल चौधरी, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ मोहनपुरका दिनेश चौधरीको परिवारमा एक पछि अर्को बज्रपात आईलागेका छन् । व्यपारमा साझेदारका कारण २५ लाख घाटा लागेपछि करिव ११ महिना अघि ३७ वर्षिय श्रीमिति बविता कुमारी चौधरी मृगौला रोगबाट ग्रसित भईन । भने, यहि जेष्ठ महिनाको अन्तिम साता १६ वर्षिय छोरा देव कुमार चौधरी पनि ब्लड क्यान्सर भएको अस्पतालले जनाएपछि दिनेशको परिवारमा एक पछि अर्को बज्रपात आईलागेको छ ।

थाईराइड र प्रेसरका विरामी असोजको दोस्रो साता श्रीमति स्वाईलिङ अर्थात सुनिएपछि पिसाव फेर्न समस्या भयो, चेक जाँचको लागि विराट नर्सिङ होम विराटनगर लगिएको श्रीमान दिनेश चौधरीले बताए । ‘विराटनगरमा मृगौलामा समस्या देखेपछि डाक्टरले सिधै भन्यो कि धनी बाउँको छोरो हुनु पर्यो कि भ्रष्टचारी हुनु पर्यो होइन भने तपाईको श्रीमति बचाउन मुस्किल छ, तपाईको श्रीमतिको दुवै मृगौला ड्यामेज भईसकेको छ । यसको लागि करिव १ करोडसम्म खर्च लाग्छ के गर्नु हुन्छ ?’ डाक्टरले जवाफ दियो ।’ उनले भने, ‘मृगौलामा समस्या देखेपछि डाइलसिसको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरानको लागि रेफर गर्यो ।’ उनले भने, ‘तर, मैले विपी कोइराला विज्ञान प्रतिष्ठान धरान नलगि सिधै एम्बुलेन्सबाट काठमाडौंको विर हस्पिटल ल्याए ।’ विर हस्पिटलमा करिव १ महिना उपचारपछि थप उपचारको लागि भारतको हरियाना मेदान्त मेडिसिटीमा ३ महिना उपचारपछि केही सुधार भएको श्रीमान दिनेशले बताए । फ्लोपका लागि हस्पिटलले बोलाए पनि लकडाउनका कारण जान नसकेको उनले बताए । उनले भने, ‘अहिले नेपालमै चेक गरेर मेलमार्फत रिपोर्ट पठाउने गरेकोले सोही अनुसार डाक्टरले औषधि लेखेर पठाई दिएपछि सोही अनुसार औषधि चलाउने गरेको छु ।’

तस्विर सहयोग : रोशन माझी

श्रीमति स्वस्थ्य हुँदै गएको खुशी साट्न नपाउँदै एसइईको तयारीमा रहेका छोरामा ब्लड क्यान्सर भएपछि उनको परिवार झन आर्थिक बोझ थपिएको छ ।
श्रीमतिको उपचारको लागि करिव ५० लाख खर्च भएको छ । साथीभाई इष्टमित्र तथा व्यक्तिगत ऋण काढेको रकम फिर्ता गर्न नपाउँदै अर्को बज्रपात थपिएपछि उनको परिवारको सपना सवै हुरीले उठाएको छ । श्रीमतिको उपचारको लागि सरकारले कुनै सहयोग नगरेको भएपनि छोरोको उपचारको लागि सरकारले १ लाखसम्मको छुट गराई दिएको उनले बताए ।
आर्थिक सम्पन्न नभएपनि काठमाडौंमै १० वर्ष अगाडीदेखि व्यपार व्यवसाय गरेर जीविकोपार्जन गर्ने गरेपछि साझेदारले धोका दिएपछि २५ लाख घाटा व्यहर्नु पर्यो । नयाँ व्यवसायको सोचमा रहेका छोरालाई काठमाडौंकै एभरेष्ट सेकेण्ड्री स्कूलमा पढाउने गरेको थियो ।

तस्विर सहयोग : रोशन माझी

श्रीमतिको उपचारको लागि भारत गएको समयमा छोरालाई स्कूलमा बोर्डस्मा लगाएर गएका थिए । दिल्लीबाट उपचार गरेर श्रीमति सहित काठमाडौं आएको दुई दिनमा नै लकडाउन शुरु भयो । लकडाउन भएपछि विद्यालयले तपाईको छोरालाई लिएर जानु भनेर खबर गरेपछि छोरोलाई डेराबाट लिएर आएको १५ दिनमा नाकबाट रगत बग्न थाल्यो । एक, दुई, तीन दिन भन्दै नरोकिएपछि सातौं दिनपछि धापासी स्थित सुमेरु हस्पिटलमा चेक जाँच गराउँदा ब्लडमा समस्या देखिए । ‘सुमेरु हस्पिटलले पाटन अस्पताल ललितपुर रेफर गर्यो ।’ उनले भने ‘पाटन अस्पतालले बोनम्यारो झिकेर दिल्ली पठायो, दिल्लीबाट रिपोर्ट आएपछि ब्लड क्यान्सर भएको पत्ता लागेपछि आफू माथि सिङ्गो आकाश खसे जस्तो झसङ्ग भए ।’ पहिले श्रीमतिलाई उपचारको लागि ५० लाख खर्च गरेर फर्किएको परिवारमा छोरोको उपचारको लागि पनि ७०–८० लाग्ने डाक्टरले बताएका छन् ।
अहिले क्यान्सर हस्पिटल भक्तपुरमा उपचाररत रहेका छन् । अहिलेसम्म सेतो र रातो गरी ९० पाउण्ड ब्लड दिईसकिएको छ । पहिले पहिले दिनमै ब्लड दिनु पर्ने थियो भने अहिले त्यस्तो छैन् । विरामीलाई ३÷४ दिनको अन्तरालमा किमो दिनु पर्ने हुन्छ ।
छोराको उपचारको लागि करिव १२ लाख खर्च भईसकेको छ भने कति खर्च हुने कुनै ग्यारेन्टी नभएको बुवा दिनेशले बताए । जग्गा जमिनको नाममा केही खेत रहेपनि त्रियुगा नदी बगिरहेको छ । परिवारमा एक्लो कमाउने भएकोले आर्थिक अवस्था एकदमै कमजोर भएको उनले बताए ।
देव बचाउ अभियानलाई युथ एलायन्सको सहयोग

दिनेशका छोरामा ब्लड क्यान्सर रोग देखा परेपछि विभिन्न संघ संस्थाहरुले देव चौधरी ब्लड क्यान्सर बचाउन अभियान पनि सुरु गरेको छ ।
यस्तै युथ एलायन्स खोर्साने मोरङले पनि देवको उपचारको लागि ७० हजार ७५ रुपैया सहयोग गरेको छ । च्यारीटी फर ह्युमानीटी अभियान सहित युथ एलायन्सले संकलन गरेको रकम पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

तस्विर सहयोग : रोशन माझी

सो रकम युथ एलायन्सको तर्फबाट रमेश रुङ्माहाङले पीडितका बुबा दिनेशलाई घर मोहनपुरमै आएर हस्तान्तरण गरेका छन् । सो रकम राकेश राईको पहलमा सुमन कल्याण राई र रोशन माझीको सम्पूर्ण व्यवस्थापनमा पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।
युथ एलायन्सका २० जना युवाको समूहमा आएर सो रकम हस्तान्तरण गरेको हो । युथ एलायन्सका पदाधिकारीहरुले अरु पनि सहयोग गर्ने बचन दिएका छन् ।

तस्विर सहयोग : रोशन माझी

युथ एलायन्सले भिडियो नै तयार पारी सामाजिक संजाल मार्फत ब्लड क्यान्सर पीडित देव र मृगौला पीडित बविताको लागि सहयोग अपिल गरेका छन् । यस टिमले पूर्वी क्षेत्रमा बाढी पीडित, असहाय वर्गहरुलाई सहयोग गर्दै आएको छ ।
सहयोग पाएका दिनेशले भने ‘अहिलेको जमानामा पनि दुःखी गरिबलाई सहयोग गर्ने कोहि न कोहि जिउँदो भगवान हुँदो रहेछ ।’ सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै उनले छोराको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाज सेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।
सहयोग गर्न चाहानु हुनेले दिनेश चौधरीको मोवाईल नम्बर ९८४०३२७९३६, ९८१४७०१४०१ मा फोन गर्न सक्नु हुने छ । साथै सहयोग गर्नेले नविल बैंक चावहिल शाखा काठमाडौंको खाता नं. ३५१००१७५१६२७७ मा श्रीमति बविता कुमारी चौधरीको बचत खातामा पति सिधै रकम सहयोग गर्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया