उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको मुख्य बजार बेल्टरमा विक्रि गर्न राखिएको दुई कम्पनीको सिलप्याक मिनरल वाटरको बोतल भित्र लेदो सहित फोहरको कणहरु भेटिएको छ । बेल्टार बजार स्थित छुट्टाछुट्टै होटलमा फरक दुई कम्पनीको मिनरल वाटरको बोतल भित्र लेदो फोहरको कणहरु भेटिएको हो । सुन्दरहरैचा नगरपालिका ४ मोरङ उत्पादन ठेगाना रहेको जलन अक्वा प्रोसेस्ड ड्रिंकिङ्ग वाटर र त्रियुगा नगरपालिका ३ मोतिगडा उत्पादन ठेगाना रहेको रौता प्रोशोधित पिउने पानीको सिल लागेको बोतल भित्र लेदो सहित फोहरको कणहरु भिटिएको हो ।
जलन अक्वा पानी प्याकिङ्ग मिति सन् २०२० जुन २७ रहेको छ भने रौता प्रशोधित पानीको प्याकिङ्ग मिति सन् २०२० जुन २० रहेको छ ।
नाम नखुलाउने शर्तमा एक होटल सञ्चालकका अनुसार १५ दिन अगाडी ४ काटुन जलन अक्वा मिनरल वाटर झारेको तर, ४ बोतलमा यस्तो दुषित पानी फेला प¥यो । पानीमा समस्या आएपछि सञ्चालकलाई सुनाउँदा चाँसो दिएनन् । उनले भने, ‘यो खानेपानीको समस्याले भोलि मेरो व्यवसाय नै चौपट होला भन्ने डर भयो ।’
धरान लाइन इटहरीमा सम्पर्क कार्यालय रहेको जलन अक्वाका सञ्चालक निक्कु कुमार नाम बताउँनेले पत्रकारसँग बोल्नै चाहेन । उनलाई तीन पटक फोन गर्दा एक पटक फोन उठाएपनि कुराकानीको विचै काटि दिए । ‘मेरो कुनै गल्ती छैन्, पानी राख्नेको गल्ती औलाए ।’ उनले भने, ‘मेरो मान्छे भोली जान्छ के भयो हो ? बुझेर पानी लिएर आउने छ ।’
यस्तै अर्का रौता प्रशोधित पिउने पानीका संचालक प्रशुराम चौधरीले करिव ३ महिना फ्याक्ट्री बन्द थियो । मेसिनमा पानी जमेर जाम भयो, पानी सफा गरेर भरेपनि एक दुई वटामा जमेको पानी पनि परेको हुन सक्ने स्वीकार गरेका छन् । यस्तै उनका अनुसार चैत्रको पहिलो हप्ता नै पानी भर्ने बोतल फुलाएर राखिएको थियो । उनका अनुसार चैत्रको पहिलो साता नै ५० हजार बोतल फुलाएर पानी भर्न ठिक पारेकोमा लकडाउन भएपछि त्यसै रहयो । चैत्र बैशाखको हावाहुरीले पनि बोतलमा धुलो छिरेको हुन सक्ने उनले स्वीकार गरेका छन् । असारको पहिलो हप्ता फ्याक्ट्री संचालन गर्दा करिव चार पाँच सय बोतल काम नलाग्ने भयो । त्यसमध्ये एक दुई वटा फोहर बोतल बाँकी नै रहयो त्यही फोहर बोतल हुन सक्ने उनले स्वीकार गरेका छन् ।
बजारमा खाद्य वस्तु पेय पदार्थ लगायत अन्य सामग्रीहरुमा (डेट एक्सपायर) भेटिनुको मुख्य कारण बेला बेलामा बजार अनुगमन नहुनै रहेको बेल्टार बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की ।
यस विषयमा खाद्य तथा गुणस्तर कार्यालय गाईघाटका प्रमुख रमेश दाहालसँग सम्पर्क गर्दा जलन अक्वा प्रोसेस्ड ड्रिंकिङ्ग वाटरको बोतलमा लेदो भेटिएको सुन्नमा आएपनि आधिकारिक निवेदन नआएकोले अहिले नै भन्न नसक्ने बताए । उनका अनुसार निवेदन आए नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने बताए ।

तपाईको प्रतिक्रिया