उदयपुर । कटारी बजारको अनुगमन भएको छ । नगरपालिकाका अनुगमन समिति संयोजक रामशरण महतोको नेतृत्वको टोलीले बजारको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बसपार्क क्षेत्रका अधिकांश पसल व्यवसाय गर्ने व्यवसायीहरुले मूल्य सूची नटाँसेकोे, कोभिड १९ को संक्रमणलाई रोकथामका लागि ग्राहकहरु बीच भौतिक दुरी कायम नभएको पाइएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक जीवन बोगटीले बताए ।
नेपाल सरकारले जारी गरेको बन्दाबन्दीका कारण कटारीका व्यवसायीहरुले बजारमा कृतिम अभाव सिर्जना गरेको, म्याद गुज्रेका सामान विक्री गरेको र कालोबजारी बढेको भन्ने गुनासो आउन थाले पछि समितिले बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा त्रुटि भेटिएका पसल व्यवसायीलाई पसलमा मूल्य सूचि अनिवार्य राख्न, म्याद गुज्रेका उपभोग्य सामान नवेच्न, कोडिभबाट जोगिन भौतिक दुरी कायम गर्न र दर्ता नगरी पसल व्यवसाय संचालन नर्गन चेतावनी दिइएको छ ।
बजार अनुगमन टोलीमा अनुगमन समितिका पदाधिकारीहरु, ईलाका प्रहरी कार्यलय कटारीका प्रहरी निरीक्षक जीबन बोगटी,ईलाका प्रशासन कार्यालय,उधोग वाणिज्य संघ कटारी, नगर प्रहरी, शसस्त्र प्रहरी र पत्रकार समेतको सहभगितामा अनुगमन भएको थियो ।

तपाईको प्रतिक्रिया