गाईघाटका व्यवसायीहरुको चेतावनी : खोप लगाउन नपाए खाद्यन्न पसल समेत बन्द गर्ने

गाईघाटका व्यवसायीहरुको चेतावनी : खोप लगाउन नपाए खाद्यन्न पसल समेत बन्द गर्ने
उदयपुर । उदयपुरमा लक्षित वर्गको लागि आएको कोरोना विरुद्धको खोप पहुँचबालाहरुले लगाएपछि यसकै चर्चा गाईघाटमा मात्रै नभएर जिल्ला भरी नै यत्रतत्र छ । नेपाल सरकारले पछिल्लो पटक काठमाडौं बाहेक देशका सवै जिल्लामा ६२ देखि ६४ उमेर समूहको व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिइएपनि खोपमा चरम दुरुपयोग भएको छ । कोरोना विरुद्धको खोपको दुरुपयोग गर्नेमा उदयपुर पनि अछुतो रहन सके...

उदयपुरका किसानलाई धानको व्याड राख्न चटारो, कृषकलाई धानको विउ वितरण

उदयपुरका किसानलाई धानको व्याड राख्न चटारो, कृषकलाई धानको विउ वितरण
उदयपुर । केही दिनदेखि पानी परेसँगै उदयपुर जिल्लाका किसानहरुलाई धानको (बीउ) व्याड राख्न चटारो भएको छ । गत वर्षको तुलनामा यस वर्ष समयमै पानी पर्न थालेपछि यस जिल्लाका किसानहरुलाई धानको बीउ राख्न भ्याई नभ्याई भएको हो ।असार लाग्दै रोपाई शुरु हुने उदयपुरमा धानको बीउ राख्न अकाशबाट पानी परेपछि किसानहरुले अहिलेको समय फलदायी रहेको बताएका छन् । गत बर्षहरुमा धानको बीउ राख्न असार कुर्नुपथ्र्यो अहिले जेठमै बीउ ...

उदयपुरमा ३ अर्ब ५८ करोड ४९ लाख बजेट विनियोजन, कुन पालिकामा कति बजेट (पूर्ण विवरणसहित)

उदयपुरमा ३ अर्ब ५८ करोड ४९ लाख बजेट विनियोजन, कुन पालिकामा कति बजेट (पूर्ण विवरणसहित)
सुखिलाल चौधरी, उदयपुर । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ । उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी ३ अर्ब ५८ करोड ४९ लाख बजेट पाएका छन् । चार वटा नगरपालिकामा २ अर्ब २५...

उदयपुरबासीलाई आगामी बजेटले निराश बनायो, छैन कुनै नौलो योजना

उदयपुरबासीलाई आगामी बजेटले निराश बनायो, छैन कुनै नौलो योजना
उदयपुर । सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि कूल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा उदयपुरबासीको हकमा निराशाजनक छ । आर्थिक वर्ष २०७६÷७७ मा उदयपुरका गौरवान्वित १० वटा भन्दा बढी योजना भएपनि आगामी वर्ष आधा योजनापनि बजेटमा समेटिएको छैन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जिता निषेधज्ञाले धराशयी बने...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठसहित)

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठसहित)
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको २२. ७ प्रतिशत हो। वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९...

करको दायरा हेरफेर, कसलाई कति छुट ?

करको दायरा हेरफेर, कसलाई कति छुट ?
काठमाडौं । सरकारले वार्षिक बजेट मार्फत आयकरका दायरा तथा दरमा हेरफेर गरेको छ । करदातालाई उनीहरुको आयस्तरका आधारमा छुटको घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्दै आयकरमा राहत दिएका हुन् । अर्थमन्त्रीका अनुसार अब वार्षिक २० लाखसम्म कारोबार भएका करदाताले ९० प्रतिशत कर छुट पाउने छन् । यस्तै, वार्षिक २० देखि ५० लाखसम्म कारोबार ...

सरकारले खारेज गर्‍यो सांसद विकास कोष

सरकारले खारेज गर्‍यो सांसद विकास कोष
काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रम खारेज भएको बताएका हुन् ।प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना छनोटका लागि सरकारले यसअघि निश्चित रकम विनियोजन गर्दै आएको थियो । गत आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ४ करोड विनियोजन गरिएको थियो भने त्यसभन्दा अघिल्लो आर्थिक व...

उदयपुरमा महामारीमा मनलाग्दी मूल्य, खाने तेलको मूल्य आकाशियो

उदयपुरमा महामारीमा मनलाग्दी मूल्य, खाने तेलको मूल्य आकाशियो
उदयपुर । कोभिड महामारीले पिल्सिरहेका बेला ‘अप्ठेरोमा असुल्ने’ केही व्यापारीको गलत नियतका कारण सर्वसाधारण महँगीको मारसमेत खेप्न बाध्य भएका छन् ।सरकारी निकायले मौन समर्थन जनाइदिएपछि केही व्यपारीहरूले खाद्यवस्तुमा मनलाग्दी मूल्यवृद्धि गरेर चरम लुट गरिरहेका छन् । निषेधाज्ञा सुरु भएको वैशाख महिनामा चामल, मुसुरोको दाल र चिनीको भाउ किलोमा ५ देखि १५ रुपैयाँसम्म बढाइएको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ...

उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने

उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने
उदयपुर । उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने भएको छ । उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी आर्थिक वर्षको पूर्वाधार विकास तर्फको बजेट मार्फत कोरोना खोप व्यवस्थापन गर्न विनियोजन गर्ने निर्णय भएको उदयपुर विकास बोर्डका सदस्य तथा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई...

‘निषेधज्ञा’मा पनि गाईघाटमा कुन बैंक, कुन दिन खुल्छ ? हेर्नुस् तालिका

‘निषेधज्ञा’मा पनि गाईघाटमा कुन बैंक, कुन दिन खुल्छ ? हेर्नुस् तालिका
उदयपुर । उदयपुरमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले वैशाख २४ गते शुक्रबार राति १२ बजेबाट ३१ गते सम्म अत्यावश्क कामबाहेका अन्य सवै कामकाजमा रोक लगाएको छ । कोरोनाको रोकथाम तथा समुदायस्तरमा कोरोना फैलन नदिन नगरमा कार्यरत बैंक तथा वित्तीय संस्थाहरु हप्तामा तीन दिन मात्रै खुल्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु २६ गते आईतबारबाट हप्तामा तीन द...