उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले ब्यावसायीक पशुपालक किसानहरुलाई पूर्ण अनुदानमा च्यापकटर वितरण गरेको छ । पशुपालनका लागि सहज होस भनेर घाँस काटेर खुवाउने मेसिन (च्याप कटर) वितरण गरिएको छ ।
गाउँपालिकाको पशु स्वास्थ्य शाखाले समूह, फर्म तथा व्यक्ति गरी १२ वटा च्यापकटर मेसिन उपलब्ध गराएको हो । ब्यावसायीक रुपमा पशुपालन गर्ने किसानहरुलाई प्रविधी संगै बजारीकरण, घाँस बिउ समेतमा सहयोग गर्ने काम गाउँपालिकाले गर्दै आएको छ उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले भने, यस्ता सहयोगलाई यस पटक थप गर्ने योजना रहेको छ ।
गाउँपालिकाको ८० प्रतिशत अनुदान र समूह वा फर्म, व्यक्तिको २० प्रतिशत लगानीमा उक्त च्यापकटरहरु वितरण गरिएको अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार करिव ४ लाख रकम बराबरको च्यापकटर वितरण गरिएको जनाएको छ ।

प्यापकटर अनुदानमा पाउनेमा संयुक्त मिलीजुली बाख्रा पकेट क्षेत्रमा २ वटा, तावश्री तरकारी बाली पकेट समिति, बैजनाथ कृषि फर्म, दनुवारबेसी सक्रिय कृषक समूह, नमूना पशुपालन कृषि फर्म, पवित्रा कृषि तथा पशुपंक्षी फर्म, नविना एग्रो फर्म, पौवा बैजनाथ भैसी तथा गाई पालक कृषक समूह, दलमुखी महिला कृषक समूह, आइतबारे भैसी फर्म र उन्नत कृषि तथा पशुपंक्षी फर्म कृषक समूह गरी एक एक वटा च्यापकटर अनुदानमा पाएका हुन् । उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले च्यापकटर मेसिनले किसानको समय बचत हुने, बचत भएको समयमा अन्य काम पनि गर्न सकिने बताए । बिजुलीबाट मेसिन चलाउन सकिने भएकाले घाँसलाई टुक्रा बनाउदा एउटै ब्यक्तिले काम गर्न सक्छ ।
गाउँपालिका पशु शाखका पशु प्राविधिक शेखर कार्कीका अनुसार किसानको मागमा आधारित भएर च्यापकटर मेसिन उपलब्ध गराएको बताए । हामीले सूचना प्रकाशित गरेका थियौ फुयालले भने, निर्धारित समय भित्र परेका निवेदनहरुबाट स्थलगत अनुगमन गरेर किसान छनौट गरेका हौं ।

तपाईको प्रतिक्रिया