सडक कालोपत्रे गरेको २४ घण्टा नवित्दै भत्किए
उदयपुर । उदयपुरको कटारी–मरुवा खण्डमा सडक कालोपत्रे गरि नसक्दै भत्किएको छ । रातिराति कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरेकोले सडक निमार्ण नसकिँदै भत्किएको स्थानीयले गुनासो गरेका छन् ।
चैत्र २९ गते राति गरेको कालोपत्रे २४ घण्टा नबित्दै भत्किएपछि गुणस्तरहीन सामग्रीहरुको प्रयोग भएको प्रष्टै देखिन्छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम सुरु गरेको उक...













