भालुको आक्रमणबाट घाइते वृद्धको आर्थिक अभावले उपचारमा समस्या
उदयपुर । उदयपुरमा भालुको आक्रमणबाट घाइते भएका एक वृद्धको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । कटारी नगरपालिका १ बेलस्रोत बस्ने ७७ वर्षीय वृद्ध नैन बहादुर पहरी नेवार फागुन २७ गते भालुको आक्रमणमा परी घाइते भएका थिए ।
स्थानीय चुरिया जङ्गलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि घाइते नेवारको आर्थिक अवस्था कमजोरका कारण समस्या भएका हुन् । घाइते वृद्धको उपचारको लागि विराटनगर स्थित नोबेल अस्पत...













