उदयपुर । उदयपुर जिल्ला अदालतको फैसला बमोजिम वन मुद्धामा फरार अभियुक्त शुक्रबार पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ बस्ने २३ वर्षिय मनोज भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
वन सम्बन्धि मुद्धामा फरार अभियुक्तले ७ महिना कैद र ४१ हजार ६ सय जरिवाना भुक्तान गर्न बाँकी रहेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी मधु कुमार थापाले जानकारी दिए । अदालतले कैद भुक्तानको लागि जिल्ला कारागार समेत पठाएको प्रहरीले जनाएको छ ।









