
उदयपुर । उदयपुरमा लागुऔषध सहित शुक्रबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकी अगाडी चेक जाँच गर्ने क्रममा एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बोक्सेका ३१ वर्षिय चन्द्र शेखर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी मधु कुमार थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेको साथबाट डाईजेलाब ५ एम्पुल, फेनारगरन ५ एम्पुल ,नुफीन ५ एम्पुल फेला परेको जानकारी दिए । पक्राउ पर्नेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।









