उदयपुरका पत्रकार खतिवडालाई मातृ शोक
उदयपुर । नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष तथा कान्तिपुर दैनिकका उपसम्पादक डिल्लीराम खतिवडालाई मातृ शोक परेको छ ।
चौदण्डीगढी नगरपालिका ६ सिर्वानी आफ्नै निवासमा पत्रकार खतिवडाको ९१ बर्षिया आमा पार्वती खतिवडाको शनिबार साँझ ७ बजे निधन भएको हो ।
लामो समयदेखि मुटुरोगसम्बन्धी समस्यासँग जुध्दै आएकी खतिवडाका पिताको पनि ९ महिनाअघि क्यान्सरका कारण ९० वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय खतिवडाका...













