उदयपुर । नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष तथा कान्तिपुर दैनिकका उपसम्पादक डिल्लीराम खतिवडालाई मातृ शोक परेको छ ।
चौदण्डीगढी नगरपालिका ६ सिर्वानी आफ्नै निवासमा पत्रकार खतिवडाको ९१ बर्षिया आमा पार्वती खतिवडाको शनिबार साँझ ७ बजे निधन भएको हो ।

लामो समयदेखि मुटुरोगसम्बन्धी समस्यासँग जुध्दै आएकी खतिवडाका पिताको पनि ९ महिनाअघि क्यान्सरका कारण ९० वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय खतिवडाका ५ छोरा र २ छोरी छ ।
यस दुःखको यस घडीमा आमाको चिरशान्तिको कामना गर्दै शोकसन्तब्ध परिवारजन प्रति क्रिएशन मिडिया नेटवर्कद्वारा संचालित यस अनलाइन परिवार गहिरो समवेदना व्यक्त गर्दछौ ।

तपाईको प्रतिक्रिया