कुनै सम्पत्ति छैन् तुलसी बहुमुखी सहकारीको नाममा, मंगलबारबाट बचत फिर्ता गर्ने आश्वासन
उदयपुर - उदयपुरको गाईघाटमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा उदयपुरमा कुनै सम्पत्ति नरहेको खुलेको छ । आफ्नै भवन, आफ्नै करोडौंको जग्गा जमिन भन्दै सर्वसाधारण ठग्न माहिर तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा उदयपुरको कुनै चल अचल सम्पत्ति नरहेको खुलेको छ ।
गाईघाटको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड र गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर रहेको भवन र त्रियुगा नगरपालिका ४ स्थित रहेको...













