सिरहमा बच्चा चोरको आरोपमा तेस्रो लिङ्गीमाथि कुटपिट, कार्बाहीको जोडदार माग
राजेन्द्र महतो, सिरहा - सिरहाको विष्णुपुर गाउँपालिका– ५ लक्ष्मीपुर चौकमा शनिबार बेलुका करिव ५ बजेको समयमा बच्चा चोरको आरोपमा दुई जना तेस्रो लिङ्गी माथि निर्घात कुटपिट भएको छ ।जिल्लाको ल्याणपुर नगरपालिका ९ डुमरी बस्ने ४३ बर्शिय मुन्नी किनर र धनुषाको हस्तपुर नगरपालिका मल्हनिया घर भएका ४५ बर्षको चन्दा राउत किनर माथि स्थानीय केही व्यक्तिले एक्कासी बच्चा चोर हो भनेर निर्घात कुटपिट गरेका हुन।
मुनि कि...













